Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

चाडबाड मनाउन गएका शिक्षक नफर्कदा विद्यालयहरु पूर्णरुपमा सञ्चालन हुन सकेनन्

Published on 6:33:00 PM //


आपत रामजाली
बुर्तिवाङ, ९ मंसिर । बागलुङ जिल्लाका अधिकांश विद्यालयहरु शिक्षकको अभावमा विद्यालय पुर्ण रुपमा सञ्चालन हुन सकेका छैनन् ।  विशेषगरि पश्चिम क्षेत्रमा रहेका विद्यालयहरुमा बहिरी जिल्लाहरुका शिक्षकहरु पढाउन आउनु पर्ने भएकोले चाडपर्वको वेला विदामा घर गएका शिक्षकहरु नआउँदा विद्यालयमा पुर्ण रुपमा पढाई नभएको विद्यालयहरुले जनाएका छन् ।
विद्यालयमा स्थानियस्तरका शिक्षकको कमि र सवै स्रोत बाहिरबाट सञ्चालन गर्नु पर्ने हुँदा विद्यार्थीहरु १२ बजे नै घर फर्कने गरेको तमान गाउँ विकास समितिमा रहेको धनगाउँ ज्योती माध्यमिक विद्यालयका प्रध्यानाध्यापक मन बहादुर बुढाथोकीले बताउनु भयो ।
यस्तो समस्या पश्चिम बागलुङका निसी, वोवाङ, खुङ्खानी ,बोंगादोभान, बुर्तिवाङ लगाएतका गाविसहरुमा रहेका विद्यालयमा पनि रहेको बताइएको छ । यस्तै बुर्तिवाङ गाउँ विकास समितिमा रहेको उत्तरगंगा उच्च माध्यमिक विद्यालयमा एक महिना अगाडी विद्यार्थी र अभिभावकले लगाइएको ताला अझैपनि खुल्न सकेको छैन् ।
विद्यालय व्यवस्थापन समितीको गठन हुनु पर्ने भन्दै लगाइएको ताला अझै नखुलेको हो । विद्यालय नखुलेपछि ७ सय विद्याथीको पढाइमा असार पर्न गएको बताइएको छ । विद्यालयमा राजनैतिक किचलोका कारण यस्तो विवादमा फसेको हो ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग