Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

गुल्मी सेवा समाज युएईको समिति विस्तार

Published on 10:32:00 PM //


युएई – सामाजिक क्षेत्रमा क्रियाशिल संस्था गुल्मी सेवा समाज युएईको भेलाले संस्थाको समिति विस्तार गरेको छ ।

 दुवइमा भएको भेलाले गत बर्ष गठित समितिका ११ पदाधिकारीलाइ कायम राख्दै ८ जना थप गरी १९ जनाको समिति बनाएको हो । गत बर्ष स्थापना कालमा  शंकर ज्ञवालीको अध्यक्षतामा ११ सदस्यीय समिति बनाइएको थियो ।

हालैको भेलाबाट समेत पारित सो समितिमा तुलसीराम पौडेल उपाध्यक्ष, लक्ष्मण अर्याल महासचिव, हरि प्रसाद ज्ञवाली सचिव, नारायण प्रसाद अर्याल कोषाध्यक्ष र नारायण गौतमलाइ सह कोषाध्यक्षको जिम्मेबारी दिइएको छ ।
सदस्यहरुमा गणेश पौडेल,कृष्ण प्रसाद अर्याल, अमृता पौडेल, दुर्गा ज्ञवाली र शम्भु केसी रहेका छन् । हालै थप गरिएका सदस्यहरुमा राधिका भण्डारी, बुद्धि प्रसाद न्यौपाने, बिष्णु भण्डारी राजन न्यौपाने, बिष्णु न्यौपाने, कपील ज्ञवाली, कृष्ण र राजु पाण्डे रहेका छन् ।

भेलाले लक्ष्मण भण्डारीलाई सल्लाहकारमा चयन गरेको छ । स्थापना कालदेखि नै सामाजिक क्षेत्रमा सक्रिय यो संस्थाले दैवी प्रकोप लगायतमा सहयोग जुटाई नेपालमा पठाउदै आएको छ । संस्थाले नोभेम्बर १६ तारेखका दिन बर दुवई स्थित एभरेष्ट होटलमा तिहारको शुभकामना, देउसी भैलो तथा लोकदोहोरी प्रतियोगिता आयोजना गरेको छ । संस्थाको शुक्रबारको भेलाले संस्थामा प्राप्त आम्दानी गुल्मी जिल्लामा रहेका अपाङ्गहरुको सहयोगका लागि पठाउने निर्णय भएको अध्यक्ष शंकर ज्ञवालीले जानकारी दिनुभयो ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग