Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

सकियो गुल्मी सेवा समाज, दोहाको देउसी भैलो र चिट्ठा कार्यक्रम (भिडियो सहित)

Published on 2:47:00 AM //

कुमार अविरल पन्थी/सुरेश बोहोरा 
दोहा, मंसिर २ । हिन्दूहरुको महान चाड शुभ दिपावलीको पावन अवसरमा गुल्मी सेवा समाज दोहा कतारद्वारा आयोजना गरिएको देउसी भैलो तथा भाग्यशाली चिठ्ठा कार्यक्रम सम्पन्न भएको छ । कतारको नज्मा स्थित इस्ट वेस्ट रेस्टुरेन्टको सभा हलमा आयोजना गरिएको सो कार्यक्रममा गुल्मी सेवा समाज दोहा कतारका अध्यक्ष भरत सापकोटा सभापति तथा नेपाली दुताबासबाट पाल्नु भएका ऋषि राम घिमिरे प्रमुख अतिथि रहनु भएको थियो । साथै कार्यक्रममा कतारस्थित विभिन्न संघ सस्थाहरुका प्रतिनिधिहरु लगायत कतारबासि गुल्मेलीहरु एवम अन्य नेपाली दाजु भाइ तथा दिदि बहिनिहरुको उपस्थिति रहेको थियो ।
आफ्नो अमुल्य समय खर्चेर आउनु भएका नेपालीहरुले सो रेस्टुरेन्टको सभा हल खचाखच भरिएको थियो l कार्यक्रमकै मुख्य आकर्षण रहेको देउसी भैलोमा विभिन्न खाले झाँकी नाच, सोरठी नाच तथा गित संगीतले उपस्थित सम्पूर्णलाई भरपुर मनोरंजन प्रदान गरिएको थियो । मिनु राम पाण्डेले सन्चालन गर्नुभएको सो कार्यक्रममा स्थानीय कलाकारको पनि उपस्थिती रहेको थियो । कलाकार डोलराज परियार तथा दिपक बिश्वकर्माको बिषेश प्रस्तुति लगायत अन्य कलाकारहरुको बेजोड प्रस्तुतिले कार्यक्रममा रौनक थपेको थियो । साथै कार्यक्रममा विभिन्न संघ सस्थाबाट पाल्नु भएका व्यक्तिहरुले मन्तव्य राख्नु भएको थियो ।
उक्त कार्यक्रममा शुभ दिपावलीको अवसर पारेर आयोजना गरिएको भाग्यशाली चिठाको नतिजा प्रकाशन पनि गरिएको थियो । उक्त भाग्यसाली चिट्ठा कार्यक्रम गैर आवसीय नेपाली संघ ओमनका सचिब तथा खस क्षत्री सेवा समाज दोहा कतारका द्दितिय उपाध्यक्ष दिपक खड्काको संयोजकत्वमा पाँचथर सेवा समाजका संरक्षक चन्द्र बहादुर न्यौपाने र प्युठान सेवा समाजका बिष्णु जी .सी. सदस्य सहितको समितिबाट प्रकाशन गरिएको थियो । उक्त भाग्यशाली चिट्ठाका बिजेताहरु यसप्रकार रहेका छन:
प्रथम पुरस्कार, ल्यापटप: चिट्ठा नं ००७८८, बुद्द सिंह
दोश्रो पुरस्कार, साम्सुंग ग्यालेक्सी एस मोबाइल: चिट्ठा नं ००८०१, ज्ञान चन्द्र
तेश्रो पुरस्कार, एलसीडि टिभी २१ इन्च: चिट्ठा नं ००७०३ का गणेश सापकोटा
चौथो  पुरस्कार, नोकिया C2 मोबाइल: चिट्ठा नं ००१०५ का बाबुराम रिजाल
सान्त्वना पहिलो, हाते घडी: चिट्ठा नं ००१५६ का बाबुराम रिजाल, गुल्मी कुर्घा ५ भुवाचिदी
सान्त्वना दोश्रो, हाते घडी: चिट्ठा नं ००८२६ का बिनोद लाल महत
कार्यक्रमको अन्त्यमा समाजका अध्यक्ष्य तथा उक्त कार्यक्रमका सभापति सभापति भरत सापकोटाले आफ्नो मन्तव्यसंगै कर्यक्रमको समापन गर्नुभएको थियो ।
समाजले सन्चालन गरेको देउसी भैलोको भिडियो हेर्न तल क्लिक गर्नुहोला: 

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग