Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

"विदाको दिन नविकरण नभएको सरकारी गाडी दुर्घटना भएपछि"

Published on 11:59:00 PM //


भरत पाण्डेय
१७ कार्तिक गुल्मी।  जिल्ला कृषि विकाश कार्यालय गुल्मीको गाडीले विदाको दिन दुर्घटनामा परी सर्वसाधारणको मृत्यू भएपछि समस्या उत्पन्न भएको छ । गत कार्तिक १३ गते सरकारी विदाको दिन गुल्मीका प्रमुख जिल्ला अधिकारी कविन्द्र नेपालकी श्रीमतिलाई तम्घासबाट काठमाण्डौ लैजाने क्रममा जिल्ला कृषि विकाश कार्यालय गुल्मीको बा १ झ ३७९३ नम्बरको गाडीको ठक्करबाट रुपन्देहीको देवदहमा एक ६२ वर्षिय लेखनाथ खरेलको मृत्यू भएको थियो । सरकारी विदाको दुर्घटना भएपछि विभागबाट स्पष्टीकरण सोधिएकोले कृषि विकाश कार्यालयमा समस्या उत्पन्न भएको हो । कृषि कार्यालयले गाडी दुर्घटना भएपछि कृषि सामाग्री खरीदको लागी गएको भन्दै नक्कली काजगात बनाउन व्यस्त रहेको कार्यालयका एक कर्मचारीले बताए ।

उक्त गाडी २०६१ सालदेखि नविकरण र तेश्रो पक्ष विमा त हुने कुरै भएन । खजुरा बाली विकाश केन्द्र नेपालगंजले त्यहाँको कृषि विकाश कार्यालयलाई दिएको उक्त गाडी पाल्पा हुँदै गतवर्ष मात्रै गुल्मी आएको थियो । गाडीले किचेर मारेको अभियोगमा सो कार्यालयका चालक कृष्ण भण्डारी रुपन्देही जिल्ला प्रहरी कर्यालयको हिरासतमा रहेका छन् । उनलाई निकाल्न र मृतकलाई क्षतीपूर्ति दिन कानुनले नमिल्ने भएपछि जिल्ला कृषि विकाश कार्यालयमा ठूलो समस्या उत्पन्न भएको छ । उनी जिल्लामा विपत्ती आईपरेको भन्दै सबै कर्मचारीबाट सहयोग माग्ने मनस्थीतिमा पुगेका छन् । प्रमुख जिल्ला अधिकारीले उनलाई निकाल्न सक्दो प्रयास गरीरहेको बताउनुभयो ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग