Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

क्याम्पसलाई १२ लाखको घडेरी दान

Published on 7:52:00 PM //


प्रेम सुनार
श्रेष्ठ परिवारका साथ विचमा मुल समारोह समिति अध्यक्ष भुषाल र दायाँ
छेउमा कांग्रेस महाधिवेशन प्रतिनिधी शालिक पन्थी । तस्बिर: प्रेम सुनार
कार्तिक १७, गुल्मी । गुल्मीको सदरमुकाम तम्घासका पुर्व वडा अध्यक्ष राजकुमार श्रेष्ठले महयज्ञको अवसरमा तम्घास जिप पार्कमा रहेको १२ लाख मुल्य बरावरको घडेरी रेसुङ्गा बहुमुखी क्याम्पसलाई प्रदान गरेका छन् । समाजसेवाको क्षेत्रमा लामो समयदेखि कृयाशिल श्रेष्ठ तम्घास पुरानो बजार निवासी हुन् । उनले १२ हात घडेरी प्रदान गर्ने घोषणा गरेपछि रेसुङ्गा क्याम्पसका विद्यार्थी श्रेष्ठ परिवारलाई सम्मानका लागि बाजागाजाका साथ निवासमै लिन पुगेका थिए । महायज्ञ स्थलमा श्रेष्ठ, उनकी धर्मपत्नी रत्न, भाई आनन्द, युवराज र छोरीहरु रिया र रेखालाई वाचन प्रविण दिनवन्धु पोखरेलले सम्मान गरेका थिए । महायज्ञमा यति ठुलो राशी अहिलेसम्मको ठुलो हो ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग