Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

महानिरीक्षकले जवानसँग एक घन्टा कुरा गर्ने

Published on 3:17:00 PM //


काठमाडौ, कार्तिक १७ - हाकिमले आफ्नो कुरा नसुने अब नेपाल प्रहरीका सिपाही र हवल्दारले निराश हुनु पर्दैन । सोझै प्रहरी महानिरीक्षकले तिनका गुनासो सुन्नेछन् । महानिरीक्षक कुवेरसिं रानाले महिनामा एकपटक देशभरिका सिपाही हवल्दारका कुरा फोनमार्फत सुन्ने भएका छन् ।

६० हजारको संख्यामा रहेको नेपाल प्रहरीमा ४० हजार हाराहारीमा सिपाही र हवल्दार छन् । जवानसँग आत्मीयता बढाउन, उनीहरूको आफ्नै गुनासा सुन्न र प्रहरीकै कार्यशैलीबारे जानकारी राख्न महानिरीक्षक रानाले महिनाको एक घन्टा उनीहरूका लागि छुट्याउने भएका हुन् । त्यही प्रयोजनका लागि ९८५१२९०००१ नम्बर तोकिएको छ । यो नम्बरमा महिनाको एक शनिबार रानासँग देशभरिका प्रहरी जवानले फोन गरेर कुरा गर्न सक्छन् । महानिरीक्षक राना इन्टरपोलको महासभामा भाग लिन शुक्रबार इटालीको राजधानी रोम जान लागेकाले अर्को सातादेखि यो अभ्यास सुरु हुनेछ । तिनका पनि अभिभावक छन् भनेर सिपाही हवल्दारको हौसला बढाउन त्यस्तो व्यवस्था गरिएको प्रहरी मुख्यालयमा डीआईजी विनोद सिंहले बताए । उनका अनुसार यो सुविधाले संगठनभित्र आत्मीयता बढ्छ । संगठनभित्र हुने भेदभावलाई कम गर्नेछ । यसले उनीहरूको मनोबल बढ्ने प्रहरी अधिकृतहरूको बुझाइ छ ।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग