Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

युवा संघ, नेपाल वडागाउँ कमिटीको प्रशिक्षण भेला सम्पन्न

Published on 3:10:00 PM //


प्रेम सुनार
गुल्मी, कार्तिक १७ । युवा संघ, नेपाल वडागाउँ कमिटीको गाविस स्तरीय प्रशिक्षण तथा भेला सम्पन्न भएको छ ।
युवा संघ, नेपाल गुल्मीका अध्यक्ष कृष्ण विश्वकर्माले अवको राजनिति कुरा र भषणको नभई उत्पानको हुनु पर्नेमा कार्यकर्ताहरुलाई प्रशिक्षण दिनु भएको थियो । प्रमुख अतिथी रहेका बिश्वकर्माले एक कार्यकर्ता एक उत्पादनको पार्टी नितिलाई प्रत्यक कार्यकर्ताले अंगिकार गर्न निदेशन दिनु भएको थियो ।
गाविसका सवै वार्डहरुवाट प्रतिनिधित्व रहेको युवाहरुको भेलाले प्रेम जि.सी.को संयोजकत्वमा युवा संग नेपाल बडागाउँ गाउँ कमिटी गठन गरेको छ । कमिटीको सह संयोजक गान वहादुर वगाले र दिपक वराल, सदस्यहरुमा दिलु केसी, माधव आचार्य, शसि मल्ल, विष्णु फुल्देल, कमला सूर्यवशी, जीवन सूर्यवशी, जनक कार्की, केशव अधिकारी, विष्णु भण्डारी लगायतका चयन भएका छन् ।। भेलामा युवा संघ नेपालका अध्यक्ष कृष्ण विश्वकर्मा, जिल्ला कमिटी सदस्य वोम छन्तेल, नारायण पन्थी, नेकपा एमाले वठागाउँ गाउँ कमिटी अध्यक्ष कर्णध्वज जिसी, सचिव दुर्गावहादुर सूर्यवशी लगायतले प्रशिक्षण मन्तव्य राख्नु भएको थियो । भेला नेकपा एमाले गाउँ कमिटीका । युवा संघ, नेपाल वडागाउँ गाउँ कमिटीको भेलामा युवा सदस्य दिपक वरालको अध्यक्षतामा सम्पन्न भएको थियो ।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग