Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

महायज्ञको तेस्रो दिन ८० लाख नाग्यो

Published on 6:56:00 PM //


प्रेम सुनार
गुल्मी, कार्तिक १७ । रेसुङ्गा बहुमुखी क्याम्पसको सदरमुकाम तमघासमा सुरु भएको महायज्ञको तेस्रो दिन आज ८० लाख भन्दा बढी रकम चन्दा संकलन भएको छ ।
महायज्ञमा शिव-पार्वती । तस्बिर: प्रेम सुनार  



आर्थिक समिति संयोजक कुलचन्द्र बोहोराले दिएको जानकारी अनुसार आज तेस्रो दिन १६ लाख ५६ हजार ४ सय ५ रुपैयाँ चन्दा प्राप्त भएको छ । तीन दिनको कुल ८१ लाख ३४ हजार ४ सय ८ रुपैँया संकलन भएको उनले जानकारी गराए । सुरुको दिन ५८ लाख , दोस्रो दिन ६ लाख बढी र आज तेस्रो दिन दोब्बर चन्दा बृद्धि भएकोले महायज्ञको लक्ष्य पूरा हुने देखिएको मूल समारोह समिति संयोजक सुरेशचन्द्र भुषालले बताए । सञ्चालक समितिका प्रत्येक सदस्यले १ लाख देखि २ लाख सम्म दिने निर्णय गरिएको छ प्रचार प्रसार उपसतिका संयोजक श्रीप्रसाद भलामीले भने, "२० लाख भन्दा बढी त हामी सञ्चालक समितिबाटै उठ्ने भएको छ ।" उता प्रध्यापकहरुले १ महिनाको तलब दिने बताए पनि सञ्चालक समितिले त्यो भन्दा बढी दिनुपर्ने आग्रह गरेको उनले जानकारी गराए । तमघासका प्रति घरधुरी १५ सय रुपैया स्वेच्छिक प्रदान गर्न आग्रह गरिएको संयोजक भुषालले बताएका छन् ।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग