Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

‘बिदेशमा जुठा भाँडा माझेर पनि क्याम्पसलाई सहयोग गर्ने’

Published on 5:48:00 PM //


प्रेम सुनार
कार्तिक १७, गुल्मी । बिदेशमा दुख गरेर आईन र रेसुङ्गा बहुमुखी क्याम्पसलाई एक लाख भन्दा बढी र कम सहयोग गरिन । फेरी उनि भन्दै छन्–‘अब म बिदेशमा जुठा भाँडा माझेर पनि यो क्याम्सलाई थप सहयोग गर्दै जाने छु ।’
उनि हुन् जैसीथोक गाविस वडा नम्वर ९ गोपे गाउँकी सिता ठकुरी । साढे सात वर्ष दुवईमा बैदेशिक रोजागार गरी हालै फर्किएकी उनले एक लाख ११ हजार एक सय ११ रुपैयाँ महायज्ञमा क्याम्पसलई सहयोग गरेकी हुन । सो रकम क्याम्पसलाई दिँदा मुल समारोह समिति अध्यक्ष सुरेशचन्द्र भुषालले –‘मेरी छोरी’ भन्दै शिरमा हात राखी आशिर्वाद दिएका थिए भने वाचन प्रविण दिनबन्धु पोखरेलले विदेशमा अझै कमाउनु भन्दै सम्मान गरेका थिए । महिलाहरु लोग्ने मान्छेको तुनामा उभिनै पर्छ भन्ने पुरानो मान्यतालाई तोड्दै उनि दुवई पुगेकी थिईन् । सिताको तस्विर यसै साथ छ

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग