Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

मुसिकोट बडागाउँ खानेपानी अवरुद्ध, उपभोक्ता मारमा

Published on 10:53:00 PM //


गुल्मी, मंसीर १५ । गत चारदिन अघिदेखि अवरुद्ध गुल्मीको मुसिकोट बडागाउँ खानेपानी अझै सुचारु हुन सकेको छैन् । गुल्मीको दर्लिङ गाविसको पासेखोलामा मुहान भएको उक्त खानेपानी मर्मतका लागि निरन्तर प्रयास गरेपनि विग्रिएको ठाउँ पत्ता लगाउन नसक्दा समस्या भएको खानेपानी मर्मत समिति सदस्य ईन्द्रबहादुर खत्रीले बताए । उक्त खानेपानीबाट गुल्मीको मुसिकोट र बडागाउँ गरी करिव ७ सय घरधुरीले खानेपानी उपभोग गर्दै आएका थिए । खानेपानी अवरुद्ध भएपछि खानेपानी लिनका लागि लाईनमा बस्नुपर्ने बाध्यता रहेको स्थानीयको जनगुनासो छ ।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग