Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

अर्घखाँचीमा रेसलिङको अन्तराष्ट्रिय प्रतिस्पर्धा, खेलाडी सन्धिखर्कमा

Published on 5:04:00 AM //

विनोद गैरे, अर्घाखाँची
नेपाल पर्यटन खेलकुद संघको मुख्य आयोजना र अर्घाखाँची युवा परिसदको सह�आयोजमा आज शनिबार अर्घाखाँचीको सदरमुकाम सन्धिखर्क स्थित टुडिखेल मैदानमा अन्तराष्ट्रिय रेस्लिङ्ग भिडन्त हुने भएको छ ।

नेपालमा राजधानी भन्दा बाहिर संभवत पहिलो पटक हुन लागेकाे अन्तराष्ट्रिय रेस्लिङ्गलाइ महत्वका साथ लिइएको छ । शुक्रबार नेपालका एकमात्र अन्तराष्ट्रिय रेस्लर दि भरत बहादुर विशुराल (हिमालयन टाइगर), अस्ट्रेलियाका सुपरस्टार हार्टली ज्याको ज्याक्सन , नेपालकी पहिलो महिला रेस्लर भगवति खड्का (युनिका) अमेरिकाको चिकागोका द ग्रेट चेन्ने आल्मा लगाइत खेलाडीहरु अर्घाखाँचीको सन्धिखर्कमा आईपुगेका छन् ।

हजारौंको संख्याका स्थानीयले सन्धिखर्कको शान्ति वगैचामा खेलाडीहरुलाई भव्य स्वागत गरेका थिए । रेस्लिङ्गलाई सधैजसो टेलिभिजको पर्दामा हेर्दै उत्साह प्रकट गर्ने यहाँका स्थानीयले आफ्नै आखाँ अगाडी प्रतक्ष रेस्लिङ्गलाई अवलोकन गर्न पाउने भएका छन् । शनिबारको कार्यक्रमका लागि गायक जिवन शर्मा, कलाकार मनोज गजुरेल पनि सन्धिखर्कमा आईपुगेका छन् । अर्घाखाँची डट कमबाट

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग