Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

श्रीमतिको घाँटी रेटेर हत्या

Published on 5:31:00 AM //


कास्की । मङ्सिर १ गते
पोखरा उमनपा-२ मिरुवाका ३५ वर्षीया मुना तिमिल्सेनालाई पति ४० वर्षीय रुद्रप्रसाद तिमिल्सेनाले घरायसी विवादको क्रममा ०६९ कात्तिक ३० गते खुकुरीले घाँटी रेटी हत्या गरेका छन् ।

जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर रवीन्द्र पौडेलका अनुसार घाँटीको पछाडिको गर्धन रेटिएको अवस्थामा आफ्नै कोठामा मृत अवस्थामा ०६९ मङ्सिर १ गते विहान ७ बजे स्थानीयवासीले देखेपछि जिल्ला प्रहरी कार्यालयमा जानकारी गराएका थिए ।

उनले भने, जानकारी प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय बगरबाट खटिएको प्रहरी टोलीले घटनास्थलमा पुगी एक थान खुकुरी बरामद गर्नुका साथै मृतकका पति रुद्रप्रसाद तिमिल्सेनालाई गिरफ्तार गरी अनुसन्धान प्रकृया अगाडि बढाइएको छ । पीडक विरुद्ध जिल्ला अदालतमा कर्तव्य ज्यान अन्तर्गत मुद्दा दर्ता गर्न लागिएको उनले बताए ।
प्रारम्भिक बयानको क्रममा पीडक रुद्रप्रसादले आफूले घरायसी विवादको क्रममा पत्नीको हत्या गरेको स्वीकार गरेको र मृतकको लाश पोष्टमार्टमको लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा लगिएको इन्स्पेक्टर पौडेलले बताए । -ईन्सेक

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग