Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

गुल्मीमा जीप दूर्घटनामा परि ७ घाईते

Published on 5:18:00 AM //


जनार्दन घिमिरे
गुल्मी, १ मंशिर । गुल्मीको पुर्कोट दह गाविसमा शुक्रबार भएको जीप दुर्घटनामापरि ७ जना व्यक्ति घाईते भएका छन् । शुक्रवार विहान गुल्मीको अग्लुङ्ग गाविसवाट छुटेको ग १ ज ४७२५ नम्वरको उक्त जीप गुल्मीको सदरमुकाम तम्घास आउने क्रममा पुर्कोट दह गाविस ९ स्थिगत सल्लेपाटामा उक्त दूर्घटना भएको हो । दूर्घटनामा परि घाईते भएकाहरुको अहिले पूर्कोटदह स्थित स्थानीय मेडिकल र अन्य केहीको जिल्ला अस्पताल तम्घासमा उपचार भैरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरिक्षक गुरुविष्णु काफ्लेल जानकारी दिनु भएको छ । उक्त जीपमा सवार अधिकांस मानिसहरु भोलीदेखि सदरमुकाम तम्घासमा शुरु हुन लागेको भारतीय भूपु पेन्सनरहरुकालागि वितरित गर्ने पेन्सन लिनकालागि सदरमुकाम आउँदै थिए । १८ जना यात्रुहरु वोकेर सदरमुकाम तर्फ आईरहको उक्त जीप ब्रेक फेल भएका कारण सडकवाट २५ मिटर तल खसको वताईएको छ । घाईतेहरुको अवस्थाभने सामान्य रहेको प्रहरीले वताएको छ ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग