Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

पहिले गुल्मीका ९ गाविसका सचिव, अहिले गुल्मीकै सहायक सिडियो

Published on 8:17:00 PM //


प्रेम सुनार
मंसिर ४, गुल्मी । गुल्मीका विभिन्न गाविसमा केहिदिन अघिसम्म गाविस सचिव रहेका र कहिले सिडियो त कहिले सहयाक सिडियोको त्यसै कुर्चीबाट थुराई समेत खाने उनै ब्याक्ति यतिवेला त्यसै सहयाक सिडियोको कुर्चीमा विरजमान छन् । उनि हुन गुल्मी भनभने गाविस वडा नम्वर– ५ गैराखर्क निवासी विष्णुबहादुर घर्ति । जो साहित्य क्षेत्रमा पनि कलम चलाउने भएकाले विष्णु भनभनेलीका नामले पनि चिनिन्छन् । २०६२, ०६३ को जनआन्दोलनको २ महिना अघिबाट निजामति सेवामा प्रवेश गरेका घर्ति खरदार पदमा जिल्ला हुलाक गुल्मी हुँदै २०६५ मा ना.सु. भए । त्यस क्रममा गुल्मीको मलायगिरी, दुविचौर, पौदीअमराई, हाडहाडे र पुर्कोटदह लगायत ९ वटा गाविसमा गाविस सचिव रहेका थिए ।
आफ्नो कार्यकक्षमा यस संबाददातासँग कुराकानी गर्दै घर्ती । तस्बिर: प्रेम सुनार  
२०६८ भदौमा शाखा अधिकृतमा नियुक्ति भई उनि सल्यान गएका थिए । त्यहाँबाट हालै उनि काज सरुवा भई आफ्नै गृह जिल्लाको सहायक प्रमुख जिल्ला अधिकारी भएर आएका छन् । यो सहायक सिडियोको कुर्चीमा बस्न पाउँला भन्ने कुनै दिन सोच्नु भएको थियो भन्ने प्रश्नमा घर्तिले भने ‘यस्तै भईन्छ भन्ने ग्यारेन्टी नभएता पनि मेहनत गर्दै जाँदा यस्तो सफलता पाएको भनौ ।’
ठुलो मान्छे बन्न आजकल वोर्डिङ्ग स्कुल नै पढ्नु पर्छ भन्ने मानसिकता सिर्जना गरिएको छ र यो एउटा फेशन नै बनेको छ तपाईले पनि यो सफलता बोर्डिङ्ग पढेरै पाएको हो कि गाउँको स्कुल ? भन्ने प्रश्नमा उनले भने ‘अहँ मैले भनभने कै दिपक माविमा पढेको हुँ, बोर्डिङ्गमा मात्र गुणस्तरिया शिक्षा हुन्छ भन्नु गलत हो, सामुदायिक अर्थात सरकारी स्कुलको शिक्षा पनि गुणस्तरिय छ ।’
उनले यो सफलताको श्रेय बाबु धनबहादुर घर्ति र आम जिवकुमारी घर्तिलाई दिन चाहन्छन् । ‘साधरण किसान, कुनै गतिलो आयश्रोत नभएका भएका बाबु आमाले असाध्यै दु:ख गरेर पढाउनुभयो त्यसैले यसको श्रेय उहाँहरुलाई नै दिन्छु’ उनले भने । ‘पैसाका लागि नभए पनि नामका लागि पनि मेहनत गर, उहाँहरुले भन्नु हुन्थ्यो मैले पनि त्यसै गर्दैछु’ उनले थपे । स्नातक सम्मको अध्ययन गरेका उनले भनेभनेको कला साहित्य र कृषि लगायतका बिषयमा पुस्तक पनि प्रकाशित गरिसकेका छन् । तल्लो तहबाटै काम गर्दै आउनुभयो यहाँ दलका नेता प्रशासनको मिलोमोतोमा अनियमित कार्य पनि गर्न पछि नपर्ने प्रबृत्ती छ भन्ने जन गुनासो छ तपाईले त्यो प्रबृतिको अन्त्य गर्नुहोला ? भन्ने प्रश्नमा घर्तिको छोटो उत्तर थियो ‘अबश्य’ ।
हुन त एउटा साधरण किसानका छोरा राष्ट्रपती र प्रधानमन्त्री नै भए तर घर्ति जस्तो गरिब किशानका छोराको यो सफलता पनि उनिहरुको भन्दा कम छैन भन्छन् स्थानियबासी । घर्तिले भने यो सफलतालाई सामन्यरुपमा लिएका छन् ।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग