Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

हेटौंडामा यौनकर्मी सिकाउँछन् कण्डम लगाउन

Published on 11:40:00 PM //


हेटौंडा, मंसिर ११ - यौन पेशा अँगालेका यहाँका यौनकर्मी महिलाहरु आफ्ना ग्राहकलाई कण्डम लगाउन अनुरोध गर्छन्, सिकाउँछन् र नमाने सम्झाउँछन् । उनीहरुलाई ग्राहकलाई सुरक्षित सम्पर्कका लागि राजी बनाउने बिषयमा तालिम दिइएको छ ।

मकवानपुरमा हाल रहेका भनिएका ५ सय १४ यौनकर्मी महिलालाई महिला यौनकर्मीको क्षेत्रमा कार्यरत् जनरल वेलफेयर प्रतिष्ठान (जीडब्लुपी) ले यस्तो सचेतना दिएको हो । उनीहरुलाई विभिन्न चरणमा कार्यालयमै ल्याएर वा सहजकर्तामार्फत् उनीहरुकै स्थानमा सुरक्षित सम्पर्कका लागि सचेतना दिइएको संस्थाका फिल्ड संयोजक रामशरण सापकोटा बताउँछन् ।

मजा आउँदैन भन्दै कण्डम लगाउन नमान्ने ग्राहकबाट यौनकर्मी महिला पीडित छन् । एक त यौनकर्मी महिलामा कुनै यौनजन्य संक्रमण भए ग्राहकमा सर्ने सम्भावना हुन्छ भने सम्पर्कमा आएका ग्राहकमा पनि कुनै सम्पर्क भए यौनकर्मी महिलामा सर्ने सम्भावना त्यत्तिकै छ । असुरक्षित सम्पर्कको जोखिम यौनकर्मी महिलालाई जानकारी दिएपछि उनीहरु आफैं कण्डम लगाउनतर्फ अग्रसर भएको सापकोटाको भनाइ छ ।

आफ्नो सम्पर्कमा आएका ग्राहक कहाँ जाँदा उनीहरु आफैं कण्डम बोकेर जान्छन् । कण्डमबिना सम्पर्कमा राजी हुँदैनन् । ग्राहकले नाइनास्ती गरे सम्झाउँछन् । कण्डम लगाएर सम्पर्क गदा मजा आउँदैन भनी गुनासो गर्नेहरुलाई बरु अन्य तरिकाले आनन्द दिन सजिलो मान्छन् यौनकर्मी महिला । यस्तो सचेतनाले यौनकर्मी महिलालाई मात्रै होइन, उनीहरुका ग्राहकलाई समेत यौनजन्य संक्रमणबाट बच्न सजिलो बनाएको छ । जतिसुकै बढी पैसा दिन्छु भनेपनि कण्डम बिना सम्पर्क नगर्न प्रतिबद्ध यौनकर्मीका कारण यौनजन्य संक्रमणबारे उनीहरुका ग्राहकसमेत सचेत बन्दैछन् ।
कान्तिपुर दैनिकबाट

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग