Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

समाचार प्रभावः बाबुको आरन सम्हाल्ने १० वर्षे बालकलाई सहयोग

Published on 4:04:00 AM //

प्रेम सुनार
कर्तिक २६, गुल्मी । "बाबुको हत्या भएपछि आरन सम्हाल्दै १० वर्षिय छोरा" शिर्षकको समचार गुल्मी न्युज डटकममा प्रकाशित भएपछि यहाँस्थित दलितको एक संस्थाले उक्त बालकको परिवारलाई सहयोग गरेको छ । गत असोज १४ गते राती तम्घासको चारीखोलामा आफ्नै साथीद्वारा घाँटी रेटेर हत्या गरिएका जनक बिश्वकर्माका परिवारलाई उत्पीडित समुदाय उत्थान केन्द्र गुल्मीले तिहार खर्च स्वरुप रासन सहयोग गरेको हो ।
पुर्ख्यौली घर पुर्कोटदहमा बाबुको काजकृया गरेर फकिंएका १० वर्षिय छोरा बिशालले उनै बाबुको रुग्न आरन सम्हालेर विहान बेलुकाको गुजारा चलाउँदै आएको समाचार कर्तिक २४ गते गुल्मी न्युजमा प्रकशित भएपछि उक्त संस्थाले यस्तो सहयोग गरेको हो । ‘समचार पढेर साह्रै मन छोयो केन्द्रका अध्यक्ष गणेश बिश्वकर्माले भन्नुभयो’ तत्काललाई तिहार खर्च दिन्छौ, ति बालकलाई पठन पाठन लगायतको सहयोगमा तिहार पछाडी जुटौला ।’
केन्द्रका अध्यक्ष गणेश बिश्वकर्माबाट रासन प्राप्त गर्दै १० बर्षिया बिशाल, उनकी आमा र बहिनी । तस्बिर: प्रेम सुनार
सम्बन्धित समाचार हेर्न यहाँ क्लिक गर्नुहोला ।
छाक अड्केर हिजोदेखि भोकै बसेका बिश्वकर्मा परिवारलाई केन्द्रले आजै उनिहरुको डेरा चरीखोलामा पुगि एक बोरा चामल, तिहारभरी पुग्ने गरि तेल चिनी लगाएतको राशन प्रदान गरेको छ ।
केन्द्रका अध्यक्ष गणेश बिश्वकर्मासंग राशन थाप्दै बिशालकी आमा डाँको छाडेर रुनुभएको थियो । बिचल्लीमा परेँ हजुर भन्दै रुनुभएकी उहाँले छाक अड्केर बसेको र आई उपाए केहि नभएको गुनासो पोख्नु भयो । गत हप्ताको महायज्ञमा जस्तो लाखौं चन्दा रकम दिन पर्दैन, यति बेला यो परिवारलाई एक माने चामल पनि करोडौको सहयोग जस्तो हुने भएको छ ।
आफुहरुले पहिला पनि छोरा बिशाललाई स्कुल पठाउन सहयोग गर्ने भनेको तर डेरा सरेपछि घरै गए होलान भन्ने ठानेको बिश्वकर्माले बताउनु भयो । बिश्वकर्मा परिवार यति बेला यति बिचल्लीमा छ कि बिहान खाए बेलुकी खाने उपायमा छैन । हिजो साँझ हामी पुग्दा त्यो परिवार भोकै सुत्न आँटेको थियो । "मेरो साथमा जम्मा २५ रुपैयाँ थियो त्यो दिँदा बिशालका दुई भाई खुशीले गदगद थिए । ‘आरनका समान समेत यहिँबाट हिनाविना भएछ, छोराहरुले आरनको काम गर्न थालेका छन् तर पुरै भाँडा छैनन’ उहाँले भन्नु भयो । ‘बुवाले आरनको काम गर्न सिकाउनु भएको थियो बिशालले भने ’भाँडकुडा अर्जाप्न त सक्छु तर पाईन हाल्न अलि भेउ पाउँदिन । ’
२० बर्षिय जेठा छोरा शंकर भन्छन् आरनको काम त गर्छु तर मलाई पनि टिक्न नदिन हो कि यहाँका कतिपय मानिसले ऋण लिन छ भनेर धम्काउन थालेका छन् । ‘खाने खर्च त छैन भने ऋण कसरी तिरुँ ?’ उनले भने । उनका बाबु जनकलाई उनकै गाबिस पुर्कोटदह १ का जनक घर्तिले घाँटी रेटेर मारेको अभियोगमा उनलाई पुर्पक्षका लागि जिल्ला कारागारको थुनामा राखेको छ । बिश्वकर्मा परिवार पुर्कोटदहबाट ८ वर्षअघि आरने काम गर्न तम्घास आएको थियो ।
‘गाउँम जम्मा एउटा घडेरी थियौ त्यही पनि बेचिएछ अहिले पानी ओत्ने ठाउँ पनि छैन । यहि पनि डेरा दिन्नौ भने कहाँ लैजाउँ यि लालाबाला ? ’बिश्वकर्मा पत्नीले भन्नु भयो । ११ सन्तान मध्य ९ सन्तान छन् । ति मध्ये सानैमा हिँडेका अन्य छोराहरु भारतको कुन गल्लीमा भौतारिँदै छन् थाह छैन । १० बर्ष उमेर पुगेका बिशालले समेत स्कुल भर्ना हुन पाएका छैनन् । गाउँ गाउँसम्म बिध्यार्थी अभियान चलाएको दावि गर्ने जिल्ला शिक्षा कार्यालयले आफ्नै आँखा अगाडीका बालक बिशाललाई यसबर्ष पनि भर्ना गर्न सकेन । त्यस्तै शिक्षा प्रेमीको पगरी गुथ्दै लाखौ रकम दान दिएर दानविर बनेकाहरुले पनि यसरी शिक्षाबाट बञ्चित भएका बिशाल जस्ता विपन्नलाई सहयोग गरे कसो हुन्थ्यो ?

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग