Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

'जहाज चालकहरू उडानमा निदाउँछन्’

Published on 6:28:00 PM //

लन्डन (एजेन्सीहरू/कान्तिपुर), मंसिर ७ - कार, रेल वा हवाई जहाजमा यात्रा गर्नेको जीवन चालकको हातमा हुन्छ । चालक सुत्यो भने त यात्रुको ज्यान ईश्वरको भरोसामा हुन्छ । छिमेकी भारतमा पनि वाहन चलाउने क्रममा सुत्नेलाई कडा सजायको प्रावधान छ । तर, युरोपका पाइलटले जहाजमा सुत्नुलाई नराम्रो मान्दैनन् । हरेक तीन पाइलटमा एकजना कन्ट्रोलको बेला आधा निद्रामा हुन्छ । अस्टि्रया, डेनमार्क, स्विडेन र जर्मनीमा भएको शोधमा यो पत्ता लागेको हो । पाँचमध्ये चारजना पाइलटले ककपिटमा थकान महसुस गर्छन् । युरोपियन ककपिट एसोसिएसनले गरेको सर्भेपछि यो ताजा रिपोर्ट प्रकाशित गरेको बेलायतको डेली मेलले खबरमा जनाएको छ । ठूलो संख्यामा पाइलट कन्ट्रोलको बेला अर्धनिद्रामा हुने गरेको एसोसिएसनले पता लगाएको छ । सर्भेमा ४३ देखि ५४ प्रतिशत चालकले उडानको क्रममा निदाउने गरेको बताए । मुख्य पाइलटहरूले आफू जाग्दा सहयोगीलाई पनि सुतेको फेला पार्ने गरेको बताएका छन् । सर्भेमा ७० देखि ८० प्रतिशत पाइलटले आफूलाई 'अनफिट' घोषणा नगर्ने बताएका छन् । यसो गर्दा अनुशासनको कारबाही हुने उनीहरूलाई त्रास छ । सन् २०१० देखि २०१२ को बीचमा ६ हजार पाइलटबीच यो शोध भएको थियो ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग