Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

गाविस सचिबको तलवबाट भन्दा सुन्तलाखेतीबाट आम्दानी बढि (अडियो सहित)

Published on 6:44:00 AM //

प्रेम सुनार
मंसिर १५ गुल्मी । पञ्चायत र बहुदल कालमा गुल्मीका गाविस सचिव शेरजंग बस्नेत २० बर्षे जागिरे जिवनकालमा भन्दा अबगास पश्तात सुरु गरेको ब्यबसायिक सुन्तला खेतीबाट बढी कमाउन सकेको बताउनु हुन्छ । भाडगाउँ भनेभछि झट्ट सुन्तलाका सम्झनाले मुख रसाउने अर्खेले ९ भाडगाउँ निवासी शेरजंगले ८ सन्तानको पालन पोषण गर्न जागिरताका ऋणले तुम्म हुनु परेको थियो ।

मासिक २ सय ५० रुपैयाँ तलवमा सरकारी सेवा सुरु गर्नु भएका उहाँको तलव अवकासमा निस्कीँदा २५ सय रुपैयाँ पुगेको थियो । ऋण तिर्न पनि नसकेको बताउने उहाँले अबकास पश्चात ३ सय बोटबाट ब्यबसायिक सुन्तला खेती सुरु गरेपछि २० वर्षे जागिरकालमा लागेको ऋण तिरेर कान न्यानो पारेको बताउनु हुन्छ । घर खर्च चलाएर पनि सुन्तलाबाट बार्षिक एक लाख बचाउने गरेको उहाँको भनाई छ ।
सुन्तलाकै आम्दानीबाट ८ वटा सन्तानलाई उच्च शिक्षा सम्म दिलाउनु भएका शेरजंगका एक छोरा बैदेशिक रोजगारमा, एक छोरा नेपाल प्रहरीका ईन्सपेक्टर हुनुहुन्छ भने अरुले पढ्दै छन् । ६० को हाराहारीमा पुग्नु भएका उहाँ छोरा अफिसर हुन कि ठुलै हाकिम विहानै उठेर सुन्तलाबारीमा पुग्नु हुन्छ । चिटिक्कको टिनले छाएको घर, बिच आँगनमा सुन्द मन्दिर, वरीपरि चारैतिर सुन्तला पाकेर
पहेँलपुर अनि अनेक फलफुल र तरकारी खेतीले हराभरा शेरजंगको घरमा पुग्ने जो कोहीलाई मैले पनि शहरको बसाई छाडेर गाउँ फर्कि त्यस्तै पौरख गरौँ  भन्ने लाग्छ ।
रेसुङ्गाको काँख भाडगाउँबाट उत्तर र पुर्व तर्फ देखिने चाँदी झै अग्ला अग्ला हिम श्रंखला, आँखै अगाडी सुन झैँ पहेँलपुर सुन्तला, कुन खाउँ कुन छाडुँ ? त्यो सुन्तलाको रषपान गरौ कि ? यो प्राकृतिक सुन्दरताको दृश्यपान ? दुबैले मन लोभ्याउँ छन् । मानौँ कि हरेक फलफुल बगैचाले भरिभराउँ मधुवन भनेको त्यही हो ।
त्यो प्राकृतिक सुनदरता अनि पौरखको त्यो नमुना नियालेर फर्केपछि गुल्मीन्युज सहकर्मी प्रेम सुनारले उनै पुर्व गाविस सचिव शेरजंग बस्नेतसंग गरेको छोटो कुराकानी:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग