Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

बाँसको छाप्रोबाट अर्जुन बोडिंङ्ग आज करोडौको भवनमा

Published on 1:18:00 AM //


प्रेम सुनार
पौष ४, गुल्मी । आज भन्दा २९ वर्ष अघि एउटा सानो छाप्रोमा स्थापना भएको तम्घासको अर्जुन बोर्डिङ्ग यति बेला अर्जुन आवसीय उच्च माध्यामिक विद्यालयका नामले करोडको चार तले भवनमा पुगेको छ ।
गुल्मेली जनजिब्रोमा अर्जुन बोर्डिङ्गका नामले प्रशिद्ध यो विद्यलय २०४० सालमा पुर्व ईटहरीबाट आएका खेमनाथ निरौलाले स्थापना गरेका थिए । निरौलाले तम्घासमा पहिलो पटक बोर्डिङ्ग स्कुल खोल्दा एकदमै नौलो मानिएको थियो । स्थानीय गोपाल पाण्डेको बारी किनेर एउटा छाप्रो बनाई नर्सरी र केजी कक्षा सञ्चालन गरेका निरौलाले त्यतिबेला बोर्डिङ्गमा विद्यार्थी पाउन सार्है गाह्रो रहेको स्थानीयहरु बताउँछन । तर बिस्तारै छोरा छोरीलाई बोर्डिङ्ग पढाउनु प्रतिष्ठाको विषय बन्दै गयो । निरौलाले २०५० सालमा अर्जुन बोर्डिङ दानबहादुर केसीलाई बेचेर मिलनचोक तल गण्डकी बोर्डिङ्ग स्कुल खोले । दानबहादुर केसीले चलाउन थालेपछि निमावि मावि, उच्च मावि हुँदै यो विद्यालय एक बृहद शैक्षिक सँस्थाको रुपमा स्थापित रहेको छ ।
"+२ को पढाई हुने क्याम्पस रोड स्थित ५० कोठाको चार तले नयाँ भवनलाई थप सुविधा सम्पन्न बनाउन खोजिरहेका छौ", प्रिन्सीपल दान बहादुर केसीले भने, "एक करोड भन्दा बढि खर्च भयो, सुविधा र पुर्वाधारहरु थप्दै जाँदा अझै कति लाग्ने हो ।" "यस नयाँ भवनमा कक्षा ११ र १२ का ७७ जना विद्यार्थीहरु पढ्दै छन्", उनले थपे, "कक्षा १० सम्मका झन्डै १२ सय जना बिद्यार्थी पुरानै स्थान साहुटोलमा छन् । त्यहाँ पनि झण्डै २ करोडको आधुकि भवन रहेको छ ।"
"यसरी स्थापनाकालको ३० वर्ष नपुग्दै एक हजार भन्दा बढी विद्यार्थी र करोडौको आधुनिक भौतिक संरचना र कम्पुटर लगायत युगानुकुल शैक्षिक सामग्री हुनु निजी क्षेत्रको शैक्षिक विकासमा अर्जुन आवसीय उच्च मावि तम्घास जिल्लामै नमुना हो" भन्छन नार्डेक नेपालका अध्यक्ष रेशम कुँवर । ‘थापनकालमा हामीले देख्दा हावाले उडाउने खालको बाँसले बारेको छाप्रो थियो’ कँवरले थपे ‘यसको श्रेय केसीलाई जान्छ र संस्थपक निरौललाई पनि सम्झीनै पर्छ ।’
गाउँका धेरै लाहुरेले छोरा छोरी बोर्डस गर्ने भएकोले पनि यो विद्यालयले राम्रो आर्थिक सफलता गर्दै आजको स्थानमा आउन सफल भएको स्थानियको विश्लेषण छ । एसएलसी परिक्षामा उत्कृष्ट अंक सहित बढी विद्यार्थी उतिर्ण गराउनु यस बिद्यालयको बिशेषता नै बनेको पनि उनिहरु बताउछँन ।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग