Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

गुल्मी सेवा समाज यूएईको गतिविधि बिस्तार

Published on 4:57:00 AM //


रबिन्द्र फुयाल
शारजाह, यूएई - गुल्मी सेवा समाज, यूएईले आफ्नो गतिविधिहरुलाई बिस्तार गरेको छ ।

यहाँ कार्यरत सम्पुर्ण गुल्मेलीहरुलाई समेट्दै संस्थामा आवद्ध गराई समाजिक कार्यलाई तिब्रगतिमा अगाडी बढाउने बिभिन्न संघसंस्थाहरुसँग सहकार्य गर्दै नेपालीहरुको हितमा कार्य गर्ने साथै नेपालमा रहेका अपाङ्ग, असहाय बृद्धा बालबालिका तथा अन्य पिडितलाई सक्दो सहयोग पुर्याउने नेपालमा भईपरी आउने समस्याहरुमा सहयोग पुर्याउँदै मुलुकको चौतर्पिm बिकाशमा टेवा पुर्याउने र विश्व सामु नेपाल र नेपालीहरुको पहिचान बढाउने उद्धेश्यका साथ बिविध कार्ययोजना सहित आफ्ना गतिबिधिहरु अगाडि बढाईरहेको सँस्थाका अध्यक्ष शंकर ज्ञवालीले जानकारी गराउनुभएको छ ।

समाजले यूएईमा आई बिभिन्न पेशामा कार्यरत सम्पुर्ण जिल्लाबासीलाई समेट्दै गुल्मेलीको पहिचान तथा गौरव बढाउदै संस्थाका उद्धेश्य प्राप्तीका लागि सहज र पारदर्शीरुपमा आप्mना कार्यलाई अगाडि बढाउन यूएईका बिभिन्न स्थानहरुमा क्षेत्रिय समितीको बिस्तारगर्ने अभियानमा लागिरहेको छ जसअनुसार आगामी शुक्रबार २१ डिसेम्बर २०१२ का दिन बिहान ११ बजेदेखि कर्निस पार्क आबुधाबिमा भेलाको आयोजना गरेकोछ । र यसै समाचारलाई सूचना तथा निमन्त्रणा मानि उक्त कार्यक्रममा उपस्थित भैदिनुहुन सम्पुर्ण गुल्मेली  दाजुभाई तथा दिदीबहिनीहरुमा हार्दिक निमन्त्रणा गरेकोछ ।

थप जानकारीका लागि कृष्ण गौतम ०५५-३२५०१२३ दान बहादुर जि सी ०५५-७१६४८३२ लाई सम्पर्क गर्न समाजले आग्रह गरेकोछ । साथै संयुक्त अरब ईमिरेट्सका अन्य स्थानहरुमा पनि लगातार क्षेत्रिय समितिको बिस्तार अभियान तथा अन्य कार्यक्रमको बिस्तारमा लागिरहेकोले बिभिन्न स्थानमा रहनु भएका गुल्मेली दाजुभाई दिदी बहिनीहरुलाई संस्थामा आबद्ध भई भोलिका दिनमा हुनसक्ने समस्याहरुमा सहयोग लिन र हातेमालो गरी सामाजिक कामगर्न अग्रह गरेको छ ।

साथै निम्न ब्यक्तिहरु शँकर ज्ञवाली ०५५-३०४२८६९ लक्ष्मण अर्याल ०५५-४९२७४३२ लक्ष्मण भण्डारी ०५५-३८३९६१६ लाई सम्पर्कगरी समाजमा आवद्ध भई यसको अभियान सफलपार्न सहयोग गरिदिनुहुन सम्पुर्ण नेपालीलाई आग्रह गरेको छ ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग