Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

गाउँमा बाघको आतंक, तम्घास वजारमा गाई आतंक

Published on 4:52:00 AM //


प्रेम सुनार
पौष ३, गुल्मी । मरभुङ्ग गाउँमा बाघको आतंकले स्थानिवासी आतंकित बनेका छन् भने यता सदरमुकाम तम्घास वजार छेउँछाउका कृषकहरु गाईको आंतंकले ।
मरभुङ्ग वडा नम्वर १ मा एक जना कृषकको भकारो मै बाघले आक्रमण गरेर गोरु मारी दएको र अर्का कृषकको भैसीको पाडोलाई आक्रमण गरी घाईते बनाई दिएको मरभुङ्गका समाचार सहयोगी कमल नेपालीले बताए । त्यस गाउँमा दिउँसै घर घरमा डुल्ने गरेपछि स्थानियवासी हिँडडुल गर्न समेत डराउन थालेको नेपालीले जानकारीगराए । यता उपल्लो तम्घास देउराली, सोता गाउँ, खानीगाउँ बाख्रेछेडा लगाएतका स्थानका कृषकहरु छाडा छाडिएका गाईबाट खेती बाली जोगाउन नसकेर पिडित बनेका छन ।
हिउँदे खेती र करेसोबारीको तरकारी समेत गाईले रहन नदिएको कृषकहरुको गुनासो छ । तर ति गाईहरु गौशलाबाट झरेको नभई गाउँतिरबाट नयाँ आएको बताउँदै तम्घासबासी कृषकहरुले नियन्त्रणका लागि संवन्धीत निकायको ध्यानाकृष्ट गराएका छन ।


भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग