Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

बागलुङमा मासिक ५० करोड रेमिट्यान्स

Published on 8:22:00 PM //


बागलुङ, पुस ७- बागलुङमा मासिक रु ५० करोड रेमिट्यान्स भित्रिने गरेको छ। देशभरका जिल्लामध्ये रेमिट्यान्स बढी भित्रिने जिल्लामा बागलुङ पहिलो रहेको नेपाल राष्ट्र बैंकले केही महिनाअघि सार्वजनिक गरेको तथ्याङ्कले देखाएको थियो।
नेपाल बैंक लिमिटेड बागलुङका प्र्रबन्धक विष्णु सुवेदीका अनुसार बागलुङमा १५ वित्तीय संस्थाले रेमिट्यान्सको कारोबार गरिरहेका छन्।
प्रत्येक वित्तीय संस्थाले मासिकरूपमा रु एक करोडभन्दा बढीको कारोबार गर्ने गरेका छन्। कहिलेकाहीँ एकैदिनमा करोडौँको रेमिट्यान्स कारोबार हुने गरेको सयपत्री मनी ट्रान्सफरका प्रबन्धक हीरा पौडेलले बताए।

विदेशमा रहेका नेपालीले बढीजसो आइएमईमार्फत् पैसा स्वदेश पठाउने गरेको पौडेलको भनाइ छ। रोजगारीका लागि विदेश पुगेका नेपालीको कमाई देश भित्रिए पनि त्यसको सही सदुपयोग हुन नसकेको नेपाल बैंकका प्रबन्धक सुवेदीले बताए।

"घरायसी खर्चमै पैसा खर्च गर्ने गरेको बढी पाइन्छ"- सुवेदीले भने, "यति धेरै रेमिट्यान्स भित्रिँदा पनि उत्पादनमुखी काममा प्रयोग हुन सकेको छैन।"

एक अध्ययनका अनुसार रेमिट्यान्सबाट प्राप्त हुने रकमको कुल ८० प्रतिशत विलासिताको क्षेत्रमा खर्च हुने गरेको पाइएको सुवेदीले जानकारी दिनुभयो। चाडबाड तथा नयाँ वर्ष सुरु हुने समयमा रेमिट्यान्स धेरै मात्रा भित्रिने गरेको छ।
चाडबाडको समयमा रु चार करोडभन्दा बढी रेमिट्यान्स नेपाल बैंकमार्फत भित्रिने गरेको बैंकले जनाएको छ । त्यस्तै हुण्डीमार्फत् पनि जिल्लामा महिनामा लाखौँ रुपैयाँ भित्रिने गरेको छ ।
मानव विकास सूचकांक २०११ को प्रतिवेदनमा बागलुङ जिल्लालाई रेमिट्यान्स भित्रिने जिल्लामा पहिलो र अतिकम मानव विकास सूचकांक भएका जिल्लामध्ये ४५ औँ स्थानमा रहेको उल्लेख गरिएको छ ।
रेमिट्यान्सकै कारण जिल्लामा घरजग्गाको मूल्य अत्यधिक वृद्धि भएको छ। जिल्लामा लगानीका लागि प्रशस्त सम्भावना भए पनि गैरआवासीय नेपालीहरू र आश्रित परिवार विलासितामा सीमित भएकाले रेमिट्यान्स उत्पादनमुखी नभएको हो ।
रेमिट्यान्स धेरै भित्रिन थालेपछि बागलुङ उद्योग वाणिज्य सङ्घले रेमिट्यान्सलाई उत्पादनमुखी बनाउने योजना बनाएको अध्यक्ष वसन्तकुमार श्रेष्ठले बताए। सङ्घले रेमिट्यान्सलाई पर्यटन, कृषि र जलविद्युत्मा प्रयोग गर्नका लागि कार्ययोजना बनाएर काम सुरु गरेको छ । -रासस

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग