Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

बहिनीको हत्यारासँग बिहे गर्न दिदी तयार

Published on 2:53:00 PM //

अर्जेन्टिना, पुस ७ - प्रेम अन्धो हुन्छ भन्ने भनाईलाई पत्याउन एक अर्जेन्टिनी महिलाको जिद्दी सुने पुग्छ । आफ्नै जुम्ल्याहा बहिनी हत्याको आरोपमा जेलमा रहेका युवकसँग उनको यसै हप्ता विवाह हुँदैछ ।

२ बर्षअघि बहिनीको हत्याको आरोपमा १३ बर्षको लागि जेल चलान गरिएका भिक्टोर चिङ्गोलानीसँग इडिथ कासासको यो शुक्रबार बिहे हुँदैछ ।

आफ्नी जुम्ल्याहा बहिनी जोहानालाई चिङ्गोलानीले हत्या नगरेको इडिथको दाबी छ । शुक्रबार अर्जेन्टिनाको दक्षिणी प्रान्त सान्ता क्रुजस्थित जेलमा बिवाह गर्ने उनीहरुको तयारी छ । २३ बर्षीया इडिथको यो निर्णयले अर्जेन्टिनाभर तरंग फैलिएको छ ।

इडिथका बाबुले छोरीको जीन्दगीभर मुख नगर्ने भन्दै उनको विवाह गर्ने निर्णयप्रति रोष व्यक्त गरेका छन् । यता, आमाले भने छोरी मानसिक बिरामी भएको टिप्पणी गरेकी  छन् ।

इडिथ भने विवाहको तयारी गरेर आफ्नो प्रेमीले बहिनीको हत्या नगरेको बयान दिंदै हिडेकी छन् । उनले आफ्नो प्रेमीलाई बहिनी हत्याको आरोपमा फसाइएको दाबी गरेकी छन् ।

'मेरो प्रेमीले झिँगा पनि मार्दैन्, झन् मेरो बहिनीलाई कसरी मार्नु ?', उनलाई उद्धृत गर्दै अर्जेन्टिनी सञ्चारमाध्यमले पनि लेखेका छन् । बिहेको दिन नजिकिदै गर्दा जेलमा रहेको प्रेमी चिङ्गोलानी पनि उत्साहित छन् । उनले आफू इडिथको प्रेमी रहेको र बहिनीसँग सामान्य सम्बन्ध रहेको प्रतिक्रिया दिएका छ्न ।

उनकी मोडल बहिनी दुई बर्षअघि एक खेतमा गोली लागेर मृत अवस्थामा भेटिएकी थिइन् । -बिबिसी अन्लाईन

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग