Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

गुल्मीका युवा, लुम्बिनिकै गौरब: नेपाली सिंगिङ आईडलमा गुल्मिका दुई युवा टप थर्टिमा

Published on 5:17:00 AM //


प्रेम सुनार
मंसिर १५, गुल्मी । नेपाली आईडल सिङ्गिग कम्पीटिशन २०६९ को टप थर्टीको भोटिङ्ग राउण्डमा गुल्मी सिमिचौर संस्कृतिक परिवारका कलकारद्धयः रुद्र थापा "क्षितीक्ष" र तिलक बस्नेत १० हजार जना सहभागिलाई पछाडी पार्दै टप थर्टीमा छनौट भएका छन् । लुम्विनी अञ्चलबाटै २ जना छनौट भएका उनिहरु गुल्मीबासीका लागि मात्र नभई सिङ्गो लुम्विनी अञ्चलकै गौरब र प्रतिष्ठाको बिषय भएको बताउँदै रेडियो सुनेर बस्नु हुने समस्त श्रोतालाई भोटका लागि आग्राह गरेका छन ।
हिमालय टेलिभजनले सन्चालन गरेको राष्ट्रिय स्तरको उक्त प्रतियोगितामा सहभागि भई टप थर्टीमा छनौट भएका कलकारद्धय रुद्र थापा "क्षितीक्ष" र तिलक बस्नेतले गुल्मेली कलाकारिता क्षेत्रमा एउटा ईटा थप्न सफल हुने आशा सबैजनाले राखेका छन् । उनिहरु नेपाली आईडल सिङ्गिगमा छनौट हुनका लागि समस्त दर्शक, श्रोता तथा पाठकहरुलाई एसएमएस भोटका लागि अनुरोध गरेका छन् । हाल काठमाण्डौमा चलिरहेको प्रतियोगिता स्थलमा रहेका उनै कलाकारद्धय मध्य रुद्र थापा क्षितीक्षसँग गुल्मीन्युज सहकर्मी प्रेम सुनारले गर्नुभएको टेलिफोनवार्ता सुनौँ:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग