Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

एयरपोर्ट हेर्न २२ रुपैयाँ ६० पैसा !

Published on 5:06:00 AM //


काठमाडौं, मंसिर १४ - झन्डै दशकपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले भिजिर्टस डेक खुला गर्ने भएको छ ।

डेक खुलेपछि सर्वसाधारणले २२ रुपैयाँ ६० पैसाको टिकट लिएर जहाज उडेकोसमेत हेर्न पाउने छन् । यसका लागि विमानस्थलले बोलपत्रमार्फत ३ वर्षका लागि सबैभन्दा बढी रकम कबोल गर्ने कृतिका इन्टरप्राइजेजलाई यसको सञ्चालन तथा व्यवस्थापनको जिम्मा दिएको छ ।

डेकमा जान चाहनेको सुरक्षा जाँच विमानस्थल सुरक्षा संयन्त्र एवं सञ्चालकद्वारा हुने विमानस्थल व्यवस्थापनले जनाएको छ ।

विमानस्थल टर्मिनल वरपरको भीड व्यवस्थापन गर्नुका साथै आम्दानी वृद्धि गर्ने उद्देश्यले डेक सञ्चालनको तयारी थालिएको हो । यसबाट विमानस्थलले एक वर्षमा ४ करोड १ लाख ४० हजार रुपैयाँ आम्दानी गर्ने छ ।

विमानस्थलको विस्तारका क्रममा सन् १९९८ मा डेकको सुविधा बन्द गरिएको थियो । त्यसपछि पनि विभिन्न समस्याले गर्दा पुनः सञ्चालनमा आउन नसकेको विमानस्थलका महाप्रबन्धक रतिशचन्द्र लाल सुमनले बताए ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग