Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

गोमा एयरको विमान डोल्पामा दुर्घटना

Published on 2:54:00 PM //

१७ मंसिर, बाँके । डोल्पाको जुफाल विमानस्थलमा गोमा एयरको विमान आइतवार विहान १० बजेतिर दुर्घटना भएको छ । बाँकेको नेपालगञ्जवाट कार्गो लिएर डोल्पाका लागि उडेको गोमा एयरको ९ एनएजेयु कल साइन रहेको २०८ बी विमान अवतरण गर्ने क्रममा टायर पड्कीएपछि दुघर्टना भएको हो । तर दुर्घटनावाट कुनै मानविय क्षति भने भएको छैन । विमानमा चालक दल बाहेक अन्य यात्रु नरहेको गोमा एयरले जनाएको छ । धावनमार्गमा विमान रोकिएकाले अन्य उडानहरु भने विहानैदेखि प्रभावित भएका छन् ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग