Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

चिसोले बिरामी बढे

Published on 7:09:00 PM //


गुल्मी । दैनिक रूपमा बढिरहेको चिसोका कारण गुल्मीका अधिकांश स्वास्थ्य केन्द्र तथा अस्पतालमा बिरामीको चाप बढेको छ ।
केही हप्ता अघिसम्म दैनिक ५० देखि ६० जनासम्म उपचारका लागि आउने गरेकोमा केही दिनयतादेखि जिल्ला अस्पताल तम्घासमा दैनिक एक सयदेखि १४० जनासम्म स्वास्थ्य परीक्षणका लागि आउने गरेका छन् ।
ज्वरो तथा रुघाखोकी, निमोनिया र दमका बिरामीहरू बढी मात्रामा स्वास्थ्य परीक्षणका लागि जिल्ला अस्पतालमा आउने गरेको अस्पताल प्रमुख डा. हरिबहादुर केसीले बताउनुभयो ।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग