Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

ताराखोलामा तीन दर्जन सकेट बम फेला

Published on 6:36:00 PM //


दिलीप पौडेल
बाग्लुङ, पुस १३ - जिल्लाको ताराखोलामा सकेट बम फेला परेको छ। ताराखोला-१ ठूलोभिरको जंगलमा करिब तीन दर्जनको संख्यामा फेला परेको जिल्ला प्रहरी कार्यालय बाग्लुङले जनाएको छ। बोरा र झोलाले बेरेर राखेको अवस्थामा बम फेला परेको प्रहरी निरीक्षक बद्रि श्रेष्ठले बताए।
शसस्त्र द्वन्द्वको समयमा द्वन्द्वरत पक्षले लुकाएर छाडेको र त्यत्तिकै बिर्सिएको हुन सक्ने प्रहरीको अनुमान छ। गाउँलेहरु वनमा दाउरा घाँस गर्न जाँदा देखेपछि प्रहरीलाई खबर गरेका थिए। 'शसस्त्र द्वन्द्वको समयमा लुकाएर राखेको हुनुपर्छ,' प्रहरी निरिक्षक श्रेष्ठले भने,' अहिले खिया लागेको अवस्था फेला परेका छन्।' बम भेटिएको ठाउँमा प्रहरीले सुरक्षा दिएको र डिस्पोज गर्न प्रहरीलाई खबर गरेको श्रेष्ठले बताए।
बमलाई निस्क्रिय बनाउन बम डिस्पोजल टोली भोलि बम भेटिएको क्षेत्रमा पठाउने तयारी भैरहेको नेपाली सेनाको सूर्य दल गण,बाग्लुङका मेजर बिनोद निरौलाले बताए। 'घटनास्थललाई प्रहरीले सुरक्षा दिएकोले डिस्पोज गर्न उपकरण सहितको टोली पठाउने तयारी गरिरहेका छौँ,' निरौलाले भने। बम भेटिएको क्षेत्र शसस्त्र द्वन्द्वको समयमा तत्कालिन नेकपा माओवादीको सेल्टरको रुपमा चिनिन्थ्यो।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग