Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

खानेपानी व्यवस्थापनका लागि गाउँले आफै सक्रिय

Published on 4:20:00 AM //


पि.एम.मगर
गुल्मी, पौष १० गते । बागलुङ जिल्लाको भिमगिठे गाविसमा खानेपानी व्यवस्थापनका लागि स्थानियवासी आफै सक्रिय वनेका छन्। गाविसको वडा नं. ५ मा रहेको गाँवाछाप खानेपानी व्यवस्थापनको पक्षमा अहिले स्थानिय २ सय ५५ घरधुरीका जनता निरन्तर लागिपरेका हुन। समाजमा विकास र आफ्नो लागि खानेपानी सुविधा उपलव्ध गराउन आफै लाग्नुपर्नेमा जोड दिँदै स्वास्थ्यको लागि खानेपानी (नेवा) को प्राविधिक सहयोगमा गाविसको १, २, ४, ५ र ६ वडाका प्रत्येक घरधुरीमा खानेपानी पु¥याउने अभियानका साथ आफुहरु सक्रिय भएर लागेको गावाँछाप खानेपानी निर्माण आयोजनाका अध्यक्ष भिमबहादुर केसीले बताउनुभयो। खानेपानी निर्माणको लागि नेपाल स्वाथ्यको लागि खानेपानीले पुरै सामाग्री निर्माण गरिदिने र स्थानियले जनश्रमदान गर्ने भएका छन्।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग