Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

अधिरे खोलामा पुल र सिमपानी मुहानमा खानेपानी ट्याङ्की बन्ने

Published on 4:21:00 AM //


पि.एम.मगर
गुल्मी, पौष १० गते । वडा नागरिक मञ्च पाण्डवखानी ५ वाग्लुङ्गको भेला आज सम्पन्न भएको छ ।
भेलाले सोही वडाको वाईगाउँमा पर्ने अधिरे खोलामा पुल निर्माण र सिमपानी मुहानको खानेपानी ट्याङ्की निर्माणको योजना छनौट गरेको छ। साथै वैठकले वडा नागरिक मञ्चको नियमित वैठक प्रत्येक महिनाको १० गते विहान ८ वजे सिमपानीमा वस्ने समेत निर्णय गरेको छ। मञ्चका अध्यक्ष गंगवहादुर घर्ति पुनको अध्यक्षतामा वसेको वैठकमा सामाजिक परिचालक पार्वती श्रीस, मञ्चका पदाधिकारी, स्थानीय समाजसेवी, वुद्धिजीवि लगायतको विशेष उपस्थिति रहेको थियो। त्यस्तै घुम्टी प्राकृतिक तथा संरक्षण मञ्च, पाण्डवखानी वाग्लुङ्गको वैठक पनि आजै सम्पन्न भएको छ। मञ्चका अध्यक्ष छमवहादुर काउछाको अध्यक्षतामा वसेको वैठकले गाविसमा मदिराजन्य पदार्थको वेचविखन तथा सेवनलाई निराकरणका लागि कार्यक्रमहरु तय गरी अभियान चलाउने निर्णय गरेको त्यहाँवाट सुरेश छन्त्यालले जानकारी दिनुभएको छ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग