Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

"बलात्कार गर्न उक्साउने मिनीस्कर्ट नलगाउ नत्र छ महिना जेल": राजा

Published on 5:58:00 PM //


लन्डन, पुस १० (एजेन्सी) - बलात्कार गर्न उक्साएको भन्दै स्वाजिल्यान्डका महिलालाई मिनी स्कर्ट लगाउन प्रतिबन्ध लगाइएको छ। अटेर गरे ६ महिना जेल सजाय गरिनेछ।
 राजाको प्रत्यक्ष शासन रहेको अफ्रिकाको एक मात्र राष्ट्र स्वाजिल्यान्डको प्रहरीले सन् १८८९ को कानुन  लागू गर्दै यस्तो प्रतिबन्ध लगाएको हो।

गएको महिना देशको दोस्रो ठूलो सहर मान्जिनीमा मिनी स्कर्ट लगाएकी महिलाहरुले  समान अधिकार र सुरक्षाको माग गर्दै प्रदर्शन गरेपछि प्रहरीले यस्तो प्रतिबन्ध लगाएको हो।

प्रहरी प्रवक्ता वेन्डी ल्हेताको भनाई पनि अनौठो छ। उनी भन्छन्, 'यस्तो लुगाले बलात्कारीको काम सजिलो हुन्छ। छोटो लुगा हटाउन पनि सजिलो हुन्छ।'

मिनी स्कर्टमा मात्र हैन, प्रतिबन्ध नितम्ब देखिने गरी लगाइने जिन्स र ट्याङ्क टपहरुमा पनि लगाइएको छ।

तर सोही देशका राजा भने जवान युवतीले वस्त्रविहीन भई नाचेको हेर्ने परम्परा छ। त्यो परम्परामा भने प्रतिबन्ध नलगाइएको अधिकारीहरुले जनाएका छन्।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग