Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

गुल्मी समाजद्वारा युएईमा अलपत्र एक नेपालीको उद्दार गरी नेपाल पठायो

Published on 5:06:00 PM //


रबिन्द्र फुयाल, युएई - गुल्मी सेवा समाज, यूएईले पिडित नेपालीको उद्धार गरी नेपाल पठाएको छ।
२१ डिसेम्वर २०१२ का दिन गुल्मी जिल्ला हँसहरा गाबिस वडा न.- २ साघाट स्थाई घर भई बैदेशिक रोजगारको सिलसिलामा संयुक्त अरब ईमिरेट्सको दुबई शहरमा आएका गुरु प्रसाद भण्डारी काम गर्ने क्रममा अकस्मात बिमारी भई दुबई स्थित ईरानी अस्पतालमा भर्ना भई उपचार गर्दा युएई दिरहम ५५ हजार अर्थात करिव १३ लाख नेपाली रुपैयाँ लागेको र उक्त रकम कम्पनि मालिकले नतिर्ने भएपछि बिरामी आफुले तिर्न नसकि अलपत्र अवस्थामा रहेको जानकारी उनका आफन्त तथा नातेदारले गुल्मी सेवा समाज, यूएईका अध्यक्ष शँकर ज्ञवालीसँग उद्धारका लागी आग्रह गरेका थिए ।

जस अनुसार निजको उद्धारका लागि गुल्मी सेवा समाज, युएईका अध्यक्ष ज्ञवाली, महासचिव लक्ष्मण अर्याल र सल्लाहकार लक्ष्मण भण्डारीको बिषेश पहलमा बिभिन्न निकायबाट सल्लाह सुझाव तथा पहलगरी कम्पनी मालिकबाट हस्पीटलको रकम तिराई नेपाल पठाउन आग्रह गरेका थिए । तर सो मालिकले आलटार गरी रकम तिर्न नखोजेपछि समाजका पदाधिकारीहरुले नेपाली दुताबासमा निवेदन गरी उद्धारको लागि अनुरोध गरे अनुसार दुतावासबाट पनि कुनै पहल छिटोछरितो हुन नसक्ने भएपछि समाजका पदाधिकारीहरुले समाज कै पहलमा लेवरकोटमा केस दर्तागरी उचित छाबिनकालागि अनुरोध गर्नु का साथै वकिलसँग परामर्शगरी पहलगरे अनुसार उक्त मालिकले सो रकम मध्ये ५० हजार दिरहम तिर्न सहमत भएपछि बाँकी रकम समाजले ब्यबस्था मिलाएको थियो । साथै समाजले थप उपचार खर्च ४ हजार दिरहम जति संकलनगरी पठाई दिने योजना बनाएको छ ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग