Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

नयाँगाउँका कांग्रेस नेताको पुरानै बानी दलितलाई विभेद जारी

Published on 11:26:00 PM //


प्रेम सुनार
पौष ११, गुल्मी । गत वर्ष जातिय समानता देखाउन नेपाली काँग्रेस क्षेत्र नं ३ ले दलितलाई भान्से गराएर सहभोज कार्यक्रम गरेपनि त्यसै क्षेत्र नयागाउँका कांग्रेस नेताले पुरानो बानी भने त्याग्न सकेका छैनन् ।
केिह दिन पूर्व नयाँगाउँ प्रहरी चौकी परिसरमा निर्मित भगवती मन्दिर उद्घाटनको क्रममा नेपाली काँग्रेस नयाँगाउँका उपसभापति ठाकुर प्रसाद पोखरेलले सहभागी गैह्रदलितलाई निधारमा टीका लगाइदिए भने लाइनमा बसेका दलितलाई अलग्गै हातमा टीका दिएर सार्वजनिक स्थानमा अपमान गरेका थिए । काँग्रेस नेता एंव नयाँगाउँका पूर्व गाउँ विकास समितिका सचिव समेत रहेका पोखरेलले २१औं शताब्दीको यो युगमा पनि सार्वजनिक स्थलमा दलितहरुलाई अपमान गरेको भन्दै नेकपा एमाले नयाँगाउँले उनको यस कार्यको भर्त्सना गरेको छ । नेकपा एमाले नयाँगाउँ गाउँ कमिटि सचिव राजेन्द्र सुनारद्धारा जारी प्रेस विज्ञप्तिमा काँग्रेस नेता पोखरेलले दलितहरुलाई सार्वजनिक स्थानमा हातमा टीका दिई अमानवीय अपराध जन्य ब्यवहार गरेको भन्दै खेद प्रकट गरिएको छ ।
उद्घाटन गर्न पुगेका जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक गुरु विष्णु काफ्लेले काँग्रेस नेता पोखरेलको त्यस्तो ब्यवहारप्रति कार्यक्रम स्थललमै दुःख व्यक्त गरेक थिए । उनले आजको युगमा त्यस्तो प्रकारको जातीय विभेद गर्न नहुन कुरामा जोड दिएको प्रति एमालेद्धारा जारी विज्ञप्तिमा धन्यवाद ज्ञापन गरिएको छ । यसैबीच नयाँगाउँका काँग्रेस नेता पोखरेलको यथास्थीति सोंचबाट ग्रसित त्यस्तो जातीय विभेदको साझा मञ्च गल्मीले पनि विरोध जनाएको छ । साझा मञ्च गुल्मीका अध्यक्ष गणेश विश्वकर्माद्धारा जारी विज्ञप्तिमा जातीय विभेदका पिडक काँग्रेस नेता पोखरेललाई नेपालको प्रचलित कानुन अनुसार कडा भन्दा कडा सजाँय गर्न सम्वन्धित निकायलाई अपिल गरिएको छ ।
गतवर्ष त्यसै क्षेत्रको काँग्रेसले सहभोजको आयोजन गर्नु तर एक वर्ष नवित्दै त्यसै दलका अगुवा कार्यकर्ताले सार्वजनिक स्थानमै जातीय विभेद गर्नुलाई बाह्र बर्ष ढुग्रामा राखे पनि कुकुरको पुच्छर बाङ्गाको बाङ्गैको उखान चरित्रार्थ भएको दलित नेताहरुको ठम्याई छ ।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग