Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

दलित महिलाहरु संस्कारगत परिवर्तनमा लाग्न जोड

Published on 8:01:00 PM //


प्रेम सुनार
पौष ९, गुल्मी । जातिय तथा लैङ्गिक विभेदको दोहोरो उत्पीडनमा परेका दलित महिलाहरु अव दलित भित्र कै संस्कारगत परिवर्तनमा जुट्नु पर्ने जोड आज एक कार्यक्रमका बक्तहरुले दिएका छन् । दलित महिला संघ गुल्मीले सदरमुकाम तम्घासमा आयोजना गरेको ३ दिने महिला सशक्तिकरण तालिम समापन समारोहका बक्ताहरुले यस्तो कुरामा जोड दिएका हुन । ‘उत्पीडनको कुरा गर्नु पर्दा ब्राम्हण महिला झन पिडित छन् ’कार्यक्रमकी बिशेष अतिथी अनेम संघ क्रान्तिकारी कि अध्यक्ष ललिता गौतमले भनिन् ‘ब्राम्हण महिलालाई जस्तो पारिवारिक शोषण दमन अन्य समुदायका महिलालाई छैन ।’ उनले थपिन् ‘यति हुँदा हुँदै पनि संस्कारगत हिशावले दलित महिला पिडित छन् तर बेग्ला बेग्लै होईन सवै समुदायका महिला एक भएर जुट्नु पर्दछ ।’
हामी जातिय विभेदका विरुद्ध छौ महिला रक्षक संजाल गुल्मी की अध्यक्ष सिता भुषालको धारणा छ । ‘अन्तरजातिय विवहाले जातिय समनताको आन्दोलनलाई टेवा पुग्द छ भुषालले भनिन‘ ब्यबहारिक समस्या झेलेर पनि अन्तर जातिय विवहालाई निरन्तरता दिईयो भने जाति जातिय विभेद विरुद्धको हाम्रो आन्दोलनलाई टेवा पुग्ने छ । ’
नेपाल पत्रकार महासंघका अध्यक्ष घनाश्याम भुषालले पनि दलित भित्रकै संस्कारगत परिवर्तनमा दलित महिला जुट्न सुझावा दिए । वहु विवहा, जाँड रक्सीका कारण कुटपिट संवन्ध विच्छेदका घटना दलित समुदायमा बढ्ने गरेको पाईन्छ गौतमले भने यस्ता कुष्ंस्कार विरुद्ध महिलाहरु लागि पर्नुहोस । कथित उपल्लो जातका युवासंग दलित युवती मायाँ प्रेममा फस्ने र पछि घर न घाटको अवस्थामा पुग्ने गरेकोले अन्तरजातिय विवहाप्रति खासै आकर्षित नहुन यसै समचारदाताको सुझाव थियो ।
कार्यक्रममा नेपाल महिला संघकी धन भण्डारी संचारिका समुहकी अञ्चल सदस्य गगनशिला खड्क, सहभागिको तर्फबाट लिला परियार, मुना बिश्वकर्मा लगाएतले मन्तव्य राखेका थिए । दलित महिला संघ अध्यक्ष कमला बरालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा ममता चुँदराको संचालन थियो ।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग