Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

वहुविवाहले विदेशबाट २६ दिनमै घर फर्कायो, मासिक झन्डै आधा लाख आउने जागिर चट

Published on 8:10:00 PM //


प्रेम सुनार
पौष ९, गुल्मी । केटी भगाएर नौतुना कटाएपछि मुद्धा न मामिला भन्नेपुरानो सोच अब सबैले त्यागे हुन्छ । किनकि बहुविवाह गर्नेहरुलाई सात समुन्द्र पार पुगे पनि प्रहरी प्रशासनले नछाड्ने भएको छ । केहि महिना अघि भर्खरै जन्मेका छोरा र श्रीमति छाडेर गाउँकी एक युवती भगाएर हिड्ने गुल्मी मुसिकोटका एक युवा सउदी अरव पुगेको २६ दिनमै प्रशासनको ताकेतामा घर फर्किनु परेको छ ।
मुसिकोट गाविस वडा नम्वर २ जलजले निवासी बुद्ध थापा यसरी फर्किनु परेको हो । गुल्मीकै हस्तीचौर ५ सिधुङखा माईती घर भएकी उनकी जेठी श्रीमति ममताले वहुविवाहको मुद्धा दिएपछि थापा फर्किएका हुन् । उनले हस्तीचौर खहरेकी भावना खत्रीलाई दोश्रो विवाह गरेर भगाएको भन्दै ममताले जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएकी थिईन ।
प्रशासनमा बुद्धका बाबुले छोराले अर्की लगेकै छैन भनि झुटो बयान दिएर जेठी बुहारी ममतालाई अलपत्र पार्न खोजेपछि प्रशासनले छोरा झिकाउन ताकेता गरेको थियो ।
अन्ततः बुद्ध फर्किएर भावनासंग दोश्रो विवहा गरेको खुल्न आएपछि उनले जेठी श्रीमति ममतालाई तिन लाख रुपैयाँ गोजी भराई गरेर सम्बन्ध विच्छेद गरी वहुविवाहको मुद्धाबाट बचेका छन् ।
‘तिन लाख मात्र होईन झण्डै १० लाखको क्षति भयो’ बुद्धले भने ‘विदेशको मासिक ४०-५० हजार कमाउने डाईभरको जागिर समेत चट भयो ।’ उनि एक लाख ४० हजार तिरेर पाँचवर्ष अघि सउदीको नादिक कम्पनीमा गएका थिए । ‘गत बर्ष आएर भैँसी किनी दिएँ र ३९ हजार जति दिएँ र गएँ यसपालि घर आउँदा अर्की लगेर गएको भन्दै मुद्धा दिएपछि यो सास्ती र क्षति बेहोर्नु प¥यो ’बुद्धले थपे ‘दोश्रो विवाहको झमेलाले अरु भन्दा पनि साउदीको त्यति राम्रो जागिर गयो ।’ उनले सोधे ‘यतै तम्घासतिर कुनै जागिर पाईदैन ?’ ममताको काखमा १४ महिनाका छोरा छन् उनलाई पाँच वर्षको भएपछि आमाबाट छुटाउने बुद्धको चाहना छ । उता ममताले भनिन् ‘उसले अर्की ल्याउछ भने म दास मात्रै भएर किन बस्ने ? सम्बन्ध विच्छेद गरेर माईतीमै बसेर छोरा हुर्काउँछु ।’
यसै विच वहुविवाहकै अभियोगमा एक जना भारतिय सेनाका बहालवाला जवान कारागार चलान भएका छन् । जुभुङ्ग गाविस वडा नम्वर १ निवासी भारतिय सेनाका जवान ध्रुवबहादुर थापा १५ महिनाका लागि जिल्ला कारागार गुल्मीमा चलान भएका हुन् । जेठी श्रीमति सिता थापाले बहुविवहाको मुद्धा दिएको र दुई वर्ष अघि नै जिल्ला अदालत गुल्मीले उक्त सजाएँको फैसला गरेको तर थापा फरारको सुचिमा रहेको बेला घर विदा आएको बेला प्रहरीले उनलाई तम्घास बसपार्कबाट पक्राउ गरी अदालतमा बुझाएको थियो ।
आफुलाई श्रीमतिले बहुविवहाको मुद्धा दिएको भन्ने थाहै नपाएका थापा छाँगाबाट खसे जस्तो भएका थिए । उतिबेला आवेसमा श्रीमानलाई मुद्धा दिएकी श्रीमति सिता समेत यतिबेला ठुलो पछुतो र तनावमा भएको गैँडाकोटस्थित माईती निकट श्रोतले बताएको छ । अर्की श्रीमति भने नलगेको थापाले जिकीर गर्दै आएका छन् । भारतिय सेनामा १४ वर्ष जागिर पुगेका थापाको जागिर अब के हुन्छ ? भन्ने बिषयमा परिवार चिन्तीत छन् । उनले अर्की श्रीमति लगेकै भएपनि जेठी श्रीमति सिताको नाम पल्टनमा भएकोले कमसेकम आदा पेन्सन त हुन्थ्यो । यदि अब जागिरै गयो भने के पाउने ? यस्तो पिरमा पनि सिता बस्नु परेको छ ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग