Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

दलित नेताहरु आफै अव दलित बस्तीको सरसफाईमा जुट्ने

Published on 7:58:00 PM //


प्रेम सुनार
पौष ९, गुल्मी । सभ्यताको कारण पनि जातिय विभेदको अर्को कारक तत्व भएको निश्कर्ष निकाल्दै दलित साझा मञ्च गुल्मीले अव दलित बस्तीहरुमा सरसफाई अभियानमा जुट्ने निर्णय गरेको छ । जातिय आन्दोलनको यात्रामा दलित भित्रका समस्याको पहिचान गरी केहि रचनात्मक कार्यमा पनि हात हालौै भन्ने उद्देश्यका साथ मञ्चका जिल्ला स्तरिय नेताहरु नै दलित बस्ती बस्तीमा पुुगेर सरसफाई अभियानमा लाग्ने निर्णय गरेका छौ मञ्चका अध्यक्ष गणेश बिश्वकर्माले भने सभ्य समाजको एउटा पक्ष सरसफाई पनि हो । सदरमुकाम तम्घासमा बसेको मञ्चको बैठकले अन्य विभिन्न निर्णहरु पनि गरेको बिश्वकर्माले बताए ।
‘जनआन्दोलन २०६२÷०६३ पश्चात दलित आन्दोलन कम्जोर हुँदै गएको विषय माथी प्रकाश पार्दै बिश्कर्माले बैठकमा भने दलित समुदायका नेतृत्व तह वर्ग राजनिति सोच भन्दा माथी उठेर समग्र दलित हक अधिकार र हितको पक्षमा लाग्न जोड दिऔं । उनले दलितका साझा सवाल र मुद्धामा एक जुट भई संघर्षरत हुनु दलित अगुवाहरुसंग आग्राह गरे । बैठकले साझ मञ्चका गाउँ र ईलाका कमिटीहरु पुनरगठन तथा प्रशिक्षण कार्यक्रम गर्ने , रचनात्मक कार्य अन्तर्गत गाउँ तह सम्म दलित बनभोज कार्यक्रम आयोजन गर्ने, आशन्न गाउँ परिषदहरुमा दलित समुदाय आफैले तयार पारेका योजनाहरु प्राथामिकताका आधारमा कार्यन्वयन गर्न पहल गर्ने र जातिय भेदभाव ,छुवाछुत तथा दलितहरुको अधिकार प्रवध्द्र्धन संयन्त्र पनि गाउँ तह सम्म गठन गर्ने निर्णय गरेको कृष्ण नेपालीले जानकारी दिएका छन् । बैठक गणेश बिश्वकर्माको अध्यक्षता र धर्म बिश्वकर्माको सञ्चालनमा सम्पन्न भएको थियो ।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग