Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

दुलहन फर्काउने माइतीघर बन्यो पूर्वपतिको घर

Published on 6:04:00 AM //


प्रेम सुनार
मंसिर २७, गुल्मी । पूर्वपतिका घर आँगनमै जग्गे लगाएर अँस्ती मात्रै पुनर्विवाह गरिएकी गुल्मी तमघासकी एकल महिला उषा नेपालीले दुलहन फर्काउने माइतीघर पनि पूर्वपतिकै घर बनाएकी छन् । गुल्मीको जैसीथोक माइतीघर भई तम्घास ३ बाघमारेमा विवाह भएकी उषा नेपाली विवाहको डेढ वर्ष नहुँदै विधुवा हुनुपरेको थियो । २०६४ साल असार महिनामा उनका पूर्व श्रीमान् प्रदिप नेपालीको तमघासकै उदिनढुङ्गा तलको भीरमा रहस्यमय मृत्यु भएको थियो ।
२१ वर्षको उमेरमा विधुवा बनेकी उषा विवाहको अघिल्लो दिनसम्म विधुवाको पहिरनमा थिइन् । बैंस उमेरमै मनको ईच्छा आकांक्षा दबाएर घर गरेकी उषाका परिवारले धुर्कोट रजस्थल स्थित आषिश नेपालीलाई आफैले मागेर गत सोमबार घरमै जग्गे लगाएर विवाह गराईदिएका थिए । हिन्दू प्रचलन अनुसार विवाहको दुई दिनपछि दुलहन फर्काउन माइती आउनुपर्ने उषा आफ्नै माइती नगई आज दुलान फर्काउन पूर्वपतिको घर तम्घास बाघमारेमा नवपति आषिशलाई लिएर आएकी छन् । "यो मेरो पराईघर नभएर जन्मघर भन्दा पनि ठूलो योद्धाघर बनेको छ", उनको प्रतिक्रिया थियो ।
"जीवन संघर्ष हो", उषाले भनिन्, "यो घरले मलाई संघर्ष गर्न सिकायो मलाई एउटा योद्धाका रुपमा तयार पा¥यो । जन्मघर जैसीथोकमा नगई हामी आज पूर्वपति प्रदिपकै घरमा माइती बनाउन आएका छौँ" भन्ने उषालाई सासु लक्ष्मी नेपाली र ससुरा सुर्यबहादुर नेपाली अँगालो हालेर भित्र पसाएका थिए । यो विवाह जिल्लामै नयाँ इतिहास रच्ने विवाह भनेर राष्ट्रिय सञ्चार माध्यमले समेत महत्वका साथ प्रचार प्रसार गरेका छन् ।
उषा हिमालय उच्च माध्यमिक विद्यालय धुर्कोटबस्तुमा कक्षा १२ की विद्यार्थी हुन् । सासु आमा, जेठाजु कृष्ण नेपाली र देवर शंकर नेपालीले आफै केटा मागेर विवाहको प्रस्ताव गरेपछि नकार्न सकिन भन्दै उषाले आफुजस्तै कलिलो उमेरमा विधुवा बन्ने दिदिबहिनीहरुलाई यसरी नै दोस्रो विवाह गर्न सुझाव दिइन । विवाहको अघिल्लो दिनसम्म विधुवाको पहिरनमा उराठलाग्दी उषालाई आज दुलान फर्काउन आउँदा रातो साडी सिउँदोमा सिन्दूर साथमा कोट पाइन्टमा सजिएका नवदुलाहा देख्दा बाघमारे टोलका महिलाहरुको आँखामा खुसीका आँसु बगिरहेका थिए ।

पुनर्विवाहको आझेलका खबर मोवाइमा माग्नेहरुको भीड
यसैबीच विवाहकै दिन सोमबार साँझ रेडियो रेसुङ्गाबाट प्रसारित रेडियो पत्रिका ओझेका खबरलाई मोवाइलको मेमोरीमा राख्नका लागि माग्न आउनेहरुको भीड बढेको छ ।
उषा र आषिशको मर्मस्पर्शी आवाजले धेरैको आँसु खसेको र सन्देश मुलक रिपोर्ट भन्दै आझेलका खबर सञ्चालक प्रेम सुनारसँग माग्न आउने गरेको उहाँले बताउनुभयो । अनलाइन मिडिया गुल्मीन्युज डट कममा हिजोदेखि राखिएके यी दम्पतिको पुनर्विवाह सहितको ओझेलका खबर यो समाचार तयार पार्दा सम्म झन्डै ३ सय जनाले फेसबुकमा सेयर गरिसकेका सुनारले जानकारी दिनुभयो । अहिलेसम्मकै मर्मस्पर्सी आझेलका खबर बनेको समेत देश बिदेशमा रहेका श्रोताले प्रतिक्रिया दिएका छन् । रेडियो रेसुङ्गमा ओझेलका खबर शुक्रबार विहान ९ः१५ मा पुन:प्रसारण हुने गर्दछ भने गुल्मीन्युज डट कममा चौबिसै घण्टा आफुलाई फुर्सद मिलेको समयमा सुउन्न सकिन्छ ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग