Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

दलित अधिकार निगरानी समुहले निगरानी वढाउने

Published on 5:27:00 AM //


पि.एम.मगर
गुल्मी, मंसिर २८ । दलित अधिकार निगरानी समुह र दलित महिला संघ गुल्मीको संयुक्त आयो जनामा आज विभिन्न विषयमा अन्तरकृयात्मक छलफल कार्यक्रम सम्पन्न भएको छ।
उत्पीडित समुदाय उत्थान केन्द्रद्धारा अधिकार, लोकतन्त्र र समावेशीकरण कोषको सहयोगमा गुल्मीमा सञ्चालन भईरहेको दलित सशक्तिकरण तथा समावेशीकरणका लागि साझा अभियान कार्यक्रम अन्तर्गत गठन भएको जिल्ला स्तरीय दलित अधिकार निगरानी समुहले गरेका अहिलेसम्मका कार्यहरुको समिक्षा एवं भावी रणनीतिका विषयमा छलफल गर्नुका साथै नमुना जिल्ला परिषदका विषयमा छलफल भएको थियो। त्यस्तै राजनैतिक प्रकृयामा दलित महिलाको समावेशी परियोजना अन्तर्गत दलिति तथा महिलाहरुमाथि हुने विभिन्न किसिमका घटना न्यूनिकरणका लागि आगामी दिनमा स्थानीय स्तरका संघसंस्थाहरुले खेल्नुपर्ने भूमिका लगायतका विषयमा पनि छलफल भएको थियो। छलफलवाट पौष ६ गते नमुना जिल्ला परिषद गर्ने निर्णय समेत गरिएको छ भने दलित महिलाहरुमाथि हुने घटनाहरुको न्यूनिकरणका लागि सवै समुह, संघ संस्था, समिति, व्याक्ति तथा समुदायलाई सक्रिय वनाउने निर्णय भएको छ।
समिक्षाको क्रममा दलित अधिकार निगरानी समृुहले अहिलेसम्म जे जति कृयाकलापहरु सम्पन्न ग¥यो त्यसलाई सञ्चारको माध्यमसम्म पु¥याउन कमी भएको महसुस गर्दै आगामी दिनमा यसलाई विशेष प्राथमिकता दिने निर्णय गरेको छ। लक्षित समुदायलाई छुट्टाएको रकम अनिवार्य खर्च गर्नुपर्ने र लक्षित क्षेत्रमा रकम सदुपयोग भए नभएको पनि निगरानी गर्ने निर्णय गरिएको छ। गाउँ परिषदवाट छुट्टिएको दलित लक्षित कार्यक्रम गाविसहरुमा चलेपनि दलित महिलाहरुले त्यसको महसुस गर्न नसकेको गुनासो आईरहेको भन्दै आगामी कार्यक्रमहरुमा उनीहरुलाई अनिवार्य सहभागी गराउन सचेत गर्न निगरानी समुह लागि पर्ने निर्णय भएको छ। त्यस्तै दलित अधिकार निगरानी समुहलाई स्थायीत्व दिनका निम्ति अन्य कुनै संघ संस्थाहरुसँग लविङ्ग गर्दै दिगो वनाउन तथा निरन्तरता दिनतर्फ पनि लाग्नुपर्ने निष्कर्ष निकाल्नुका साथै गाविसमा दलित समुदाय लक्षित रकम कहाँ प्रयोग भएको छ भन्ने कुरा गाविस सचिवहरुसँगै खोजी गर्ने निर्णय समेत भएको छ। दलित अधिकार निगरानी समुहद्धारा जिल्ला तमघास, अर्खले, जैसीथोक, धुर्कोट रजस्थल र वाग्ला गरी ५ वडा गाविसमा दलित सशक्तिकरण तथा समावेशीकरणका लागि साझा अभियान कार्यक्रम सञ्चालन भईरहेको छ ।
दलित अधिकार निगरानी समुहका अध्यक्ष प्रेमराज आचार्यको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उत्पीडित समुदाय उत्थान केन्द्रका अध्यक्ष गणेश विश्वकर्मा, नेपाल पत्रकार महासंघका अध्यक्ष घनश्याम गौतम, अखिल नेपाल महिला संघ गुल्मीकी अध्यक्ष ललिता गौतम, महिला मानव अधिकार रक्षक सञ्जालकी उपाध्यक्ष जानकी ज्ञवाली, दलित महिला संघकी अध्यक्ष कमला वराल, दलित अधिकारकर्मी धर्म विश्वकर्मा, झविन्द्र विश्वकर्मा लगायत पत्रकारहरुको समेत सहभागीता रहेको थियो। कार्यक्रमको सञ्चालन भने समुहका कृष्ण नेपालीले गर्नुभएको थियो।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग