Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

चक्रेश्वर मेलामा आयोजित ब्याडमिन्टनको उपाधि शान्तिपुरलाई (फोटो फिचर)

Published on 4:09:00 AM //


तेजेन्द्र थापा
शान्तिपुरमा सम्पन्न चक्रेश्वर मेलाको अबसरमा आयोजना गरिएको खुल्ला ब्याडमिन्टन प्रतियोगिताको उपाधि शान्तिपुरका राजु श्रेष्ठ र लक्ष्मण थापाको जोडीले जित्न सफल भएको छ । उपाधिसंगै उक्त टीमले नगद रु. १०,००० (दश हजार ) हात पार्न सफल भएको छ । शान्तिपुरकै त्रिबेणी थापा र चिरन्जिबी श्रेष्ठको जोडीले दोश्रो स्थान संगै नगद रु. ७००० (सात हजार ) र तम्घासका मनोज काउछा र जितेन्द्र काउछाको जोडी त्यसैगरी शान्तिपुरकै नेत्र बलाल र दिपक पन्थीको जोडीले संयुक्त रुपमा तेश्रो स्थान प्राप्त गरि नगद रु. २०००  (दुई-दुई हजार) प्राप्त गरेका छन् । तिन दिन सम्म चलेको उक्त खेलमा गुल्मी र बाग्लुङ्गका गरि कुल १६ टीमको उपस्थिति रहेको थियो ।
गुल्मी शान्तिपुरबाट गुल्मीन्युज डट कम सहयोगी तेजेन्द्र थापाले खिच्नुभएका केही तस्बिरहरु हेरौँ:





भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग