Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

अर्घखाँचीमा कुकुर आतंक, प्रहरी समेत कुकुरसंग डराउँदै

Published on 8:54:00 PM //


प्रेम सुनार
पौष १२ , गुल्मी । अर्घखाँचीको मरेङ, अर्घातोष र भगवती गाविसमा रेविज लागेका कुकुरहरुको आतंक बढेको छ । स्थानियबासीले अर्घातोष प्रहरी चौकीमा फोन गरेर गुहार्दा प्रहरी आफै त्रसित बनेर नआउने गरेका बताईएको छ । यस सम्वन्धमा सो चौकीका ईन्चर्ज प्रहरी नायव निरक्षक युवराज चन्दसँग सम्पर्क राख्दा उनले गुल्मिन्युजलाई भने ‘कसरी जाने त ? हाम्रो एक जना प्रहरी भाईलाई नै टोकेर थला पारेको छ कुकुरले ।’ उनले थपे ‘यहाँको एउटा कुकुर मारियो, मरेङ्गतिर जाने अवस्था छैन, हाम्रै प्रहरी जवान दलबहादुर लम्साल रेविज लागेको कुकुरको टोकाईबाट घाईते छन् ।’
उता मरेङ्ग ८ का भिमलाल बन्जाडेलाई कुकुरले टोकेर घाईते बनाएको छ भने उनको दुई वटा भैसी पनि कुकुरको टोकाईबाट विरामी परेका छन् । त्यसै वडा सुन्दर वस्तीका बाल बाालिका विद्यालय जान नसक्ने भएका छन् । दर्जनौको संख्यामा रेविज लागेका कुकुरहरु बाटो र घर घरमा डुल्दै टोक्न थालेपछि बाल बालिका मात्र होईन पाका मान्छेहरु समेत घरबाट निस्कन नसक्ने अबस्थामा पुगेको स्थानियबासी अमृत पाण्डेले बताए ।
भर्खरै प्राप्त समचार अनुसार सोही गाउँका भिमबहादुर नेपालीकहाँ भएका ४ वटा कुकुर चेतनारायण पाण्डे लगाएतले मारेका छन् । रेविज लागेका कुकुरको संख्या अर्घातोष, भगवती र मरेङ्गमा बढ्दै गएकोले तत्काल नियन्त्रणका लागि पहल गरिदिन स्थानियबासीले संम्वन्धीत निकायको ध्यानकृष्ट गराएका छन् ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग