Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

गुल्मीको स्कुल, तलब खाने १६ शिक्षक, स्कुल आउने ५-६ जना ति पनि हाजिर गरेर जाने

Published on 5:52:00 PM //


प्रेम सुनार
पौष १२, गुल्मी । १६ जना शिक्षक मध्य जम्मा ६ जना मात्रै शिक्षक बिद्यालयमा आएको र त्यस मध्य तिन जना शिक्षक हाजिर गरेर मात्रै घर फकिएको भन्दै छापाहिले माध्यामिक विद्यालय, छापहिले ६, सागबारी गुल्मीका बिद्यार्थीहरुले ताला बन्दी गरेका छन् । विद्यालयमा १६ जना शिक्षकले तलव खाने तर पढाउने बेलामा पाँच, छ जना मात्रै आउने र त्यो पनि कतिपयले हाजिर मात्रै गरेर फर्किएकोले आफुहरुले ताला बन्दी गरेको विध्यार्थीहरुले बताएका छन् । ‘पढाउने सरहरु नभएपछि साढे २ बजे बन्द गरेर हिड्यौं ’एक बिध्यार्थीले भने ‘जिल्ला शिक्षा कार्यालयको अनुगमन नहुँदा मनपरी भयो हेड सरसंग कुरा गरिदिनु प¥यो । ’
यस सम्वन्धमा प्रधानध्यापक श्यामलाल गिरीसंग सम्पर्क राख्दा उहाँले मोवाईल नै स्वीच अफ गरेर बस्नु भएको छ । स्मरण रहोस प्रधानाध्यापक  गिरीलाई गत वर्ष मात्रै जिल्ला शिक्षा कार्यलय गुल्मीले उत्कृष्ट शिक्षकको पुरस्कारले सम्मान गरेको थियो ।
जिल्ला शिक्षा कार्यालयले अनुगमनलाई तिब्र पार्ने प्रचार गरे पनि अनुगमन फितलो नै हुने गरेको विध्यार्थीहरुको गुनासोका सम्वन्धमा त्यस क्षेत्रका वि.नि. झविलाल बिश्वकर्मासंग सम्पर्क राख्दा उनको पनि मोवाईल फोन स्वीच अफ रहेको छ । श्रोतका अनुसार भोली गुल्मीका प्राय सवै गाविसमा कुल पुजा भएकोले विद्यालय मात्र होईन थुप्रै कार्यालयका कर्मचारीहरु आजै देखे कार्यालयमा छैनन् । साढे तिन बजे जिल्ला शिक्षा कार्यालयको प्रतिकृया बुझ्न फोन गर्दा कार्यालय सहायक महिलाले भन्दै हुनुहुन्थ्यो ‘एक जना पनि सरहरु हुनुहुन्न ४ बज्न लाग्यो म ढोका लगाएर हिड्न लागेकी छु । ’

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग