Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

वाईसिएलले जाली फटाहलाई नयाँ ढंगले तह लगाउने: पुन

Published on 12:15:00 AM //

प्रेम सुनार
मंसिर १९ गुल्मी । वाईसिएल नेपालका राष्ट्रिय सम्मेलन समिति संयोजक गणेशमान पुनले अव आफ्नो संगठनले देशका जाली फटाह गुण्डाहरुलाई नयाँ ढंगले तह लगाउने बताएका छन् । गुल्मीको सदरमुकाम तम्घासमा वाईसियल नेपालको दोश्रो जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । त्यही तैयारीको नेतंत्व चयन होस भन्ने शुभकामना दिए पुनले त्यो नयाँ ढंग भने खुलाएनन् । पुनले भने ‘पुरानो ढंगले होईन अव जाली फटाहरुलाइ नयां ढंगले तह लागाउने रणनिति तय गरेका छौ । ’
लामो समयदेखि वाईसियलको नेतृत्व सम्हालेका र एकिकृत नेकपा माओबादीको केन्द्रिय सदस्य समेत रहेका पुनले उत्पादन मुलक कार्यमा लाग्न वाईसिएललाई निर्देशन समेत दिए । प्रमुख अतिथी पुनले वाईसिएल सहित पार्टीले युवा संगठनको महासंघ निर्माण गर्न लागेको खुलसा समेत गरे ।
उदघाटन सत्रमा बिशेष अतिथी एकिकृत नेकपा माओबादीका केन्द्रिय सम्मेलन समिति सदस्य दिनेश पन्थीले अवको परिर्तन युवाहरुको काँधमा आएको भन्दै तयारी रहन निर्देशन दिए । कार्यक्रममा वाईसिएल नेपालका केन्द्रिय सचिव एवं पार्टीका केन्द्रिय सदस्य आरसी शर्मा, केन्द्रिय सदस्य सुबोधराज श्रीपाली, वाईसिएल मगराँत राज्य सम्मेलन समिति संयोजक जितमान पुन, सचिव गणेश शाही, एकिकृत नेकपा माओबादी गुल्मी जिल्ला सम्मेलन समिति संयोजक सुदर्शन वलाल, लगाएतले मन्तब्य राखेका थिए ।
कार्यक्रममा सो पार्टिका राज्य समिति सदस्यहरु अशोक थापा, युवराज केसी, खुम बहादुर थापा, अखिल क्रान्तिकारीका केन्द्रिय सम्मेलन समिति सदस्य यदु ज्ञवाली, क्रान्तिकारी पत्रकार संघका केन्द्रिंय सम्मेलन समिति सदस्य प्रेम सुनार , जिल्ला अध्यक्ष भरत पाण्डे,अखिल क्रान्तिकारीका जिल्ला अध्यक्ष घनश्याम खरेल, अनेम संघ क्रान्तिकारीका अध्यक्ष कविता बिश्वकर्मा लगाएतको आतिथ्यता थियो ।
उद्घाटन सत्र पश्चात अहिले बन्द सत्र चलिरहेको छ । कमिटि निर्माण आज रातीसम्म हुने र भोली घोषण गरिने संयोजक ज्ञानकुमार बुडाले बताए ।
‘पहिचान सहितको संघीयताका लागि संगठित युवा आन्दोलन, सशक्त र सुदृढ संगठनका लागि दोश्रो जिल्ला सम्मेलन ’ भन्ने मुल नाराका साथ चलिरहेको कार्यक्रमको अध्यक्षता संयोजक ज्ञानकुमार बुढाले गरेका छन भने, निर्वतमान उपाध्यक्ष ताराबहादुर रानाको स्वागत मन्तब्य र सचिव गोकर्ण कार्किको संचालन रहेको छ ।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग