Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

करेण्ट लागेर गोरु चराउन गएका एकको मृत्यू

Published on 12:13:00 AM //

घनश्याम गौतम
गुल्मी, १९ मङ्सिर । विजुलीको हाईटेण्सन लाईनबाट चुहेको करेण्ट लागेर पिपलधारामा एकजनाको मृत्यू भएको छ ।
जंगलमा गोरु चराउन गएका पिपलधारा–५ का ५० वर्षिक तेजबहादुर थापाको हाइटेन्सनको करेन्ट लागेर मंगलबार मृत्यू भएको हो । हाईटेन्सन लाईनमा किटबाट फुत्किएर तार पोलमा छोईएको र सोही तारबाट प्रबाह भएको करेण्टले पोल अड्याउन प्रयोग भएको स्टिकमार्फत थापालाई लागेर घटनास्थलमै मृत्यू भएको स्थायिन मनोज श्रेष्ठले बताए । गोरु चराउन गएका थापालाई स्टिकको नजिकै सबै शरीर जलेको अबस्थामा गाउँलेले फेला पारेको श्रेष्ठले बताए ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग