Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

चन्द्रकोटको चौथो साधारण सभा सम्पन्न

Published on 3:51:00 PM //


तेजेन्द्र थापा
शान्तिपुर, मंसिर १६ । चन्द्रकोट बचत तथा ऋण सहकारी सँस्था लिमिटेड शान्तिपुर गुल्मीको चौथो साधारण सभा सम्पन्न भयो । सँस्थाका अध्यक्ष केशब प्रसाद न्यौपानेको अध्यक्षता तथा बरिस्ठ समाजसेवी झपटमान श्रेष्ठको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा सँस्थाको बार्षिक प्रतिबेदन कोषाध्यक्ष बाबुराम न्यौपानेले प्रस्तुत गर्नु भएको थियो । त्यसैगरी सँस्थाका सचिब राम बहादुर नेपालीले भावी नीति तथा कार्यक्रमहरु प्रस्तुत गर्नु भएको थियो ।
सो अबसरमा बोल्ने बक्ताहरुले सँस्था छोटो समयमा नै धेरै प्रगति गर्न सफल भएको, १०-१२ हजार रुपैँया र ५० जना सदस्यबाट शुरु भएको यो सँस्थामा अहिले ६१८ जना सेयर सदस्य र सवा करोड पुँजी जम्मा गर्न सफल भएको जानकारी गराईएको थियो । अहिले शान्तिपुर, हरेवा र हर्राचौरका केहि वार्डमा सेवा दिँदै आइरहेको  सो सँस्थामा अन्य गाबिसका बासिन्दाले पनि सेवा लिन चाहेकोले सेवाक्षेत्र विस्तार  गर्ने र सेयर पुँजी अहिले ३० लाख रहेको र त्यसलाई  बढाएर ५० लाख पुर्याउने लक्ष्य सो संस्थाले लिएको छ ।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग