Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

सार्वजनिक सुनुवाई सम्पन्न

Published on 11:37:00 PM //

प्रेम सुनार
मंसिर १९, गुल्मी । दलित शशक्तिकरण तथा समावेशिकरणका लागी साझा अभियान कार्यक्रम अन्तर्गत उत्पिडित समुदाय उत्थान केन्द्रको आयोजनामा गुल्मीको वाग्लामा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । निगरानी समुह वाग्लाका संयोजक बास बहादुर बिश्वकर्माको अध्यक्षतमा सम्पन्न कार्यक्रममा जिल्ला अभियानकर्ता कृष्ण नेपालीले कार्यक्रमको बारेमा प्रकाश पार्नुभएको थियो ।
नेपालीले सार्वजानीक सुनुवाईमा सोधिएका गुनासाको समेत जानकारी गराउनुभएको थियो । संस्थाले कार्यक्रममा अहिले सम्म गरेको कामहरु तथा आर्थिक गतिबिधीको बारेमा समेत जानकारी गराएको थियो ।
गाविस सचिव बेदनिधी पन्थीको प्रमुख आतिथ्यता सम्पन्न कार्यक्रममा एकिकृत नेकपा माओबादीका झबिन्द्र भण्डारी, नेपाली काङग्रेसका लक्ष्मीकान्त घिमीरे, नेकपा एमालेका ढुन्डीराज घिमीरे, राप्रपाका घनश्याम घिमीरे, वाग्ला उपस्वास्थ्य चौकीका ईन्चार्ज राम प्रसाद पन्थी लगायतको आतिथ्यता रहेको थियो । निगरानी समुहका सदस्य भविलाल बिश्वकर्माको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको संचालन वाग्ला गाविसका अभियान कर्ता सरस्वती सुनारले गर्नुभएको थियो ।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग