Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

केट गर्भवती, बेलायती राजपरिवारमा नयाँ सदस्य थपिँदै

Published on 3:42:00 AM //


लन्डन, मंसिर १८ (एजेन्सी) - बिहेको डेढ वर्षपछि बेलायती युवराज चार्ल्सका छोरा विलियमकी पत्‍नी डचेज अफ क्याम्ब्रिज केट मिडलटन गर्भवती भएको समाचारले बेलायती मिडिया भरिएको छ।
गर्भवती भएको बेला हुने मर्निङ सिकनेस भएपछि केटलाई बिहान अस्पताल लगिएको थियो। उनी अस्पतालमा केही दिन रहने बताइएको छ।
सेन्ट जेम्स प्यालेसले विज्ञप्ति जारी गर्दै उनी गर्भवती भएको औपचारिक रुपमा पुष्टि गरेको छ। महारानी एलिजाबेथ द्वितियापछि गद्दीका उत्तराधिकारी युवराज चार्ल्स हुन् र त्यसपछि दोस्रो नम्बरमा उनका छोरा विलियम छन्। अहिले जन्मने सन्तान विलियमपछि गद्दीका उत्तराधिकारी हुनेछन्।
यो खबरसँगै बेलायतका सट्टेबाजहरु नजन्मिएको बच्चाको नाम के राखिएला भन्दै बाजी ठोक्न व्यस्त भएका छन्।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग