Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

३१ अपाङ्ग विद्यार्थीलाई निःशुल्क कपडा

Published on 11:48:00 PM //

घनश्याम गौतम
गुल्मी, १९ मंसिर । अन्तराष्ट्रिय अपाङ्ग दिवसको अवसर पारेर उपल्लो तम्घास माविमा अध्ययनरत ३१ अपाङ्ग विद्यार्थीलाई कपडा वितरण गरिएको छ ।
उपल्लो तम्घास माध्यमविक विद्यालयको आयोजना तथा गुल्मी बहिरा तथा सुस्त श्रवण संघ र बौद्धिक अपाङ्गताका अभिभावक संघको सहयोगमा आयोजित कार्यक्रममा विद्यार्थीहरुलाई २२ हजार ८ सय मुल्य बराबरको सर्ट र पाइन्टको कपडा वितरण गरिएको हो । विद्यालयलाई जिल्ला शिक्षा कार्यालयबाट अतिरिक्त क्रियाकलापका लागि प्राप्त रकममा विद्यालयले समेत थप गरि वितरण गरिएको प्रधानाध्यापक गणेश अधिकारीले बताए ।
त्यस्तै अपाङ्गता भएका विद्यार्थीहरुको शिप विकास र क्षमता अभिबृद्धिका लागि गुल्मी बहिरा संघले ४ थान कम्प्यूटर र बोद्धिक अपाङ्गताका अभिभावक संघबाट एक थान टेलिभिजन प्रदान गरिएको शिक्षक राममणि पन्थीले बताए । जिल्लाका विभिन्न स्थानका सुस्त श्रवण एवं बहिरा ३१ विद्यार्थी उपल्लो तम्घास माविमा अध्ययनरत छन् ।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग