Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

बिधवा वुहारीको बिबाह

Published on 3:48:00 AM //

यस विवाह सम्बन्धी अडियो रिपोर्ट सुन्न यहाँ क्लिक गर्नुहोला ।
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला । 

गुल्मी, मंसिर २५ - गुल्मीकी एकजना एकल (विधवा) महिलाको घर पक्षले विवाह गरिदिएका छन् ।

गुल्मीको जैसीथोक–५ लाकुँरीरुखका खड्गीश्वर नेपालीकी छोरी उषाको उहाँका ससुरा र देवरको पहलमा सोमवार घरवाटै धुमधामका साथ विवाह भएको छ ।

उहाँको हिन्दुपरम्परा अनुसार धुर्कोटरजस्थल १ का २८ वर्षिय आशिष नेपालीसंग विवाह भएको हो ।

तमघास–३ बाघमारेका सूर्यबहादुर नेपालीको जेठो छोरा प्रदिप नेपालीसँग उषाको २०६३ असारमा विहे भएको थियो । तर विहे भएको डेढ बर्ष नबित्दै श्रीमान प्रदिप नेपालीको रहस्यमय तरिकाले ज्यान गएको थियो ।

श्रीमान वितेको लामो समयसम्म पनि विवाह नगरी घरमै वसेकी उषालाई आफन्त र समाजले साहसिक र नैतिक मूल्यको आधारमा माईतीघरको समेत सल्लाहमा दोश्रो बिबाह गरीदिएको हो ।
‘आफैले मन लागेर विहे गरेको हुँ ।’ दुलाहा आशिषले विवाह मण्डपमै भन्नुभयो ‘विहे गर्न कसैले करकाप पारेको होईन ।’

सहमतिमा भाउजुको दोस्रो विहे गरिदिएको उषाका देवर शंकर नेपालीले वताउनुभयो । सोमवार  आफन्त, सञ्चारकर्मीलगायतको उपस्थितीमा भव्य तरिकाले विवाह भएको हो ।

-उज्ज्यालो नेटवर्कबाट

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग