Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

एक सातादेखी बडिगाड खोलामा बगेर वेपत्ता कुमाल मृत अवस्थामा फेला

Published on 5:36:00 PM //


राम खत्री
गल्कोट, २६ मङ्सिर । गत साता देखी बडिगाड खोलामा वेपत्ता भएका एक पुरुष मृत अवस्थामा फेला परेका छन् ।  बुर्तिबाङ–४ सिमलचौरका अन्दाजी ५२ बर्षिय मजदुरी काम गर्ने खिमबहादुर कुमालको आज दर्लिङ गाविसको मालारानी नजिकै खोलामा मृत अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ ।  कुमाल सिमलचौर स्थित सल्लेरीबाट संकलन गरिएको सल्लाको खोटो लिएर खल्टुवोट तिर लैजाने क्रममा पुलछेउँबाट वडिगाड खोलामा खसेर गत बुधबारदेखी वेपत्ता हुनुभएको थियो ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग