Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

मान्छेको योगदान कहिल्यै मर्दैन (साथमा छिमेकी जिल्लाका समाचार)

Published on 10:29:00 PM //


पि.एम.मगर
गुल्मी, पौष १४ गते । मानिसले प्रशस्त धन सम्पति कमाएको उदाहरणहरु धेरै पाईएपनि व्याक्तिको मृत्युपछि समेत मानसपटलमा जिवनभरी सम्झनामा आइरहने नाम विरलै कमाएको भेटिन्छ।
राणाशासन कालमा शिक्षाको ज्योति फैलाउन गाउँमा विद्यालय खोलेर अमरत्व कमाउनु भएका अर्घाखाँचीको पोखराथोक स्थित हरिहर गौतम अहिले भौतिक रुपमा नरहेपनि उहाँको योगदान सवैका लागि अस्मरणीय छ।
विक्रम संम्वत १९७१ सालमा दलाने शिक्षाबाट शुरु भई १९८१ सालमा गुरुकुल शिक्षाबाट शुरु भएको हरिहर संस्कृत विद्यालय १९९४ सालमा विधिबत रुपमा स्थापना भएको हो। राणाकालीन समयमा गाउँका बालबालीका शिक्षाको उज्यालोबाट बञ्चित रहेको बताउँदै तत्कालीन अवस्थामा संस्कृत पाठशालाबाट ८ जना विद्यार्र्थीलाई खाने वस्ने सम्पुर्ण व्यवस्था सहित यो विद्यालयको जन्म भएको थियो ।
पोखराथोक गाउ“का नेपालकै तेस्रो धनी मानिएका हरिहर गौतमले तत्कालीन समयमा गुरु दधिराम मरासिनीलाई भुमिदान दिने घोषणा गर्दा दधिरामले भुमिदान नदेउ विद्यालय बनाउँ मैले निशुल्क पठाउँछु भनेपछि दुवैको सल्लाहमा त्यस विद्यालयको स्थापना भएको स्थानीय चन्द्रकान्त पौडेलको भनाइ छ। हरिहर गौतम ३६ बर्षको हुँदा ३६ जना विद्यार्थीको सम्पुर्ण खर्च व्याहोर्ने गरी २००८ सालमा अँग्रेजी माध्यमबाट श्रीराम प्राथमिक विद्यालय सञ्चालन भएकोमा २०३१ सालमा उक्त विद्यालय र हरिहर सँस्कृत पाठशाला एकिकरण भई हाल हरिहर संस्कृत तथा साधारण उच्च माध्यमिक विद्यालयले आपनो स्थापनाको ७५ बर्ष पुगेर हिरक महोत्सव मनाइरहँदा समेत समय अनुुकुलको शैक्षिक विकास गर्न नसकेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अच्युत गौतमको ठहर छ। अहिले पनि भौतिक पुर्वाधार र दरवन्दीको अभावमा विद्यालय सञ्चालनमा कठिनाई हुँदा समेत सम्वन्धीत निकायको ध्यान नपुगेको हरिहर संस्कृत तथा साधारण उच्च माविका प्राचार्य ठाकुरप्रसाद गौतमको गुनासो छ।
पश्मिाञ्चल क्षेत्रकै पहिलो र नेपालको तेस्रो महाविद्यालय मानिएपनि यसले समय सापेक्ष फड्को मार्न सकेको छैन। पञ्चायत हुँदै प्रजातन्त्र र लोकतन्त्रसम्म आइपुग्दा तत्कालीन मन्त्रीहरु काशीनाथ गौतम, ढुण्डीराज शास्त्री, डाक्टर मोदनाथ प्रश्रित, पुर्व उपकुलपति डाक्टर माधवराज गौतम लगायतका नेता र साहित्यकार जन्माउने विद्यालय भएको प्रध्यापक डा. माधवराज गौतम बताउनुहुन्छ।
नेपाल र भारतमा आपनो रोजगारीका शिलशिलामा रहँदा हरिहर गौतमले आपनो आम्दानीबाट दाङ्ग, कपिलवस्तु, बर्दिया, बा“के र अर्घाखा“चीमा गरी झन्डै ६ हजार विघा जमिन आर्जन गरेको स्थानीयको भनाई छ। सामान्य परिवारमा जन्मिनुभएका गौतमले ६८ विगा जग्गा र आफनै घरलाई दान दिएर विद्यालय स्थापना गर्नुभएको थियो।

खानेपानीको श्रोत संरक्षणमा स्थानीयवासी
भविष्यमा आउन सक्ने खानेपानीको समस्यालाई मध्यनजर गर्दै अर्घाखाँची मरेङ्ग गाविसको आँपकाटे क्षेत्रका जनता यतिवेला पानीको श्रोत संरक्षणमा लागेका छन्। मरेङ्ग गाविस ८ आँपकाटेका स्थानीय जनताले आफ्नै परिश्रममा पधेरा गैरा भन्ने स्थानमा रहेको पानीको मुहानमा पधेरा निर्माण गरी यसको संरक्षणमा जुटेका हुन । सो क्षेत्रका ३२ घरधुरीका जनताले ढुङ्गा, गिटी, वालुवा लगायतका सामान संकलन गर्नुका साथै पधेरा निर्माणमा स्वयं नै खटिएका थिए । अहिले आफुहरुले प्रयोग गर्दै आईरहेको पानीको मुहान सुक्दै जान थालेपछि गाउँमा खानेपानीको अभाव सृजना हुन थालेको र भविष्यमा थप समस्या उत्पन्न हुन सक्ने भन्दै उनीहरुले पधेरा गैरामा पानीको श्रोतलाई संरक्षणका लागि भन्दै पधेरा निर्माण गरेको त्यहाँवाट बालकृष्ण मरासिनीले जानकारी दिनुभएको छ ।

प्रधानमन्त्रीद्धारा उद्घाटन भएको सेवा केन्द्र सेवा विहीन्
एक महिनाअघि प्रधानमन्त्रीे डा. बाबुराम भट्टराईले उद्घाटन गर्नुभएको बागलुङ बुर्तिबाङको एकीकृत सेवा केन्द्रमा अहिलेसम्म कर्मचारी उपस्थित नहुँदा केन्द्र सेवाविहीन भएको छ।
गत मंसिर १३ गते प्रधानमन्त्री डा. भट्टराईले उद्घाटन गर्नुभएको सेवा केन्द्रमा सामाजिक शाखा, भौतिक पूर्वाधार शाखा, जीविकोपार्जन शाखा, स्थानीय प्रशासन शाखा र सामान्य प्रशासन शाखाको सेवा दिने भनिएतापनि अहिलेसम्म कार्यालयमा कर्मचारी नआउँदा सेवाग्राहीहरु सेवा लिनवाट वञ्चित भएका हुन। सेवाकेन्द्र बुर्तिबाङका कार्यालय प्रमुख रत्नाकर गौतमले कर्मचारीका लागि आफुले सम्वन्धित निकायमा पहल गरिरहेको तर यतिवेला जिल्ला प्रशासन कार्यालयका कार्यालय प्रमुख तीन महिनाका लागि तालिममा जानुभएका कारण कर्मचारीको व्यवस्थापनमा ढिलाई भएको वताउनुभयो। साथै सेवा केन्द्रले पाँच सेवा मध्ये अहिले सामाजिक शाखाको मात्र सेवा सञ्चालनमा ल्याएको उहाँले वताउनुभयो। सेवा केन्द्र उद्घाटनका क्रममा द्वन्दकालमा विस्थापित भएका मालपोत, नापी, बैंक लगायतका कार्यालयहरु पनि रहने भनिएता पनि पाँच सेवा सहित उदघाटन गरिएको सेवा केन्द्रले कर्मचारी नै नभएपछि अझैसम्म पुर्ण सेवा दिन सकेको छैन। 

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग